मोरङ व्यापार संघ ट्रेड  एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ। विराटनगर वडा नम्बर – २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा दश करोड बढीको कारोबार हुने अपेक्षा गरेको छ।

बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पुरा भएकोले दश दिनसम्म संचालन हुने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने संघका अध्यक्ष नविन रिजालल बताएका छन्।

उनले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने जानकारी दिएका छन्।एक्स्पोमा नेपालभारतबंगलादेश र पाकिस्तान गरेर करिब २ सय ४० भन्दा बढी  स्टल रहने र एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष रिजालले बताए । एक्स्पोमा आइफिल टावर समेत राखने उनको भनाई छ।

आइफिल टावर ७० फिट अग्गो हुने भएकाले यो आफैमा नौला रहेको हुनाले आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भिड लाग्ने सेल्फी स्टेन समेत रहने जहाँ बसेर मेलाको अवलोकन नर्धिक्क भएर फोटो खिच्न पाउँनेछन्, उनले भने। एक्स्पोमा चिल्डेन पार्क पनि रहने उनले बताए।‘जहाँ मेलामा आउने साना बालवाकिालहरुले दिनभरी रमाइलो गर्ने बावतरण हामीले बनाउने छौं, अध्यक्ष रिजालले बताए।

एक्स्पोमा फेशन शोगायन र नृत्य प्रतियोगिता हुनेछ। यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन्। बिजेताले नगद १ लाख पाउने उनले बताए। संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल शाहाले एक्स्पोमा इटहरीको पाँच तारे सोल्टी होटलको खाना खाने स्टल समेत रहने बताएका छन्

पाकिस्तानको लेदर उद्गबंगलादेशको गार्मेन्ट उद्योगभारतको कृषि उद्योग र नेपालको हिमालपहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेशवासीलाई संयोजक शाहाले आग्रह गरेका छन्।