‘नेवा च्यारिटी फण्ड’अन्तर्गत ‘धरान रन’ नामक संस्थाले शनिबार १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

धरान रनले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । धरान रनले १२ विद्यार्थीहरुलाई नेवा ‘च्यारिटी फण्ड’ अन्तर्गत छात्रवृत्तिमा अध्यन गराइरहेको छ । छात्रवृत्तिअनुसार वर्षमा तीन पटक विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री, पोशाक, जुत्ता, ट्रयाकसुट, छातालगायतका सामग्री प्रदान गर्दै आइरहेको छ । 

धरान रनले कोषबाट आएको व्याज रकमले सहयोग सामग्री खरिद गरी हस्तान्तरण गर्ने जनाएको छ । यो पटक २०८० सालमा करिब एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष रोमु राईले जानकारी दिए । 

Newa Charity Fund Dharan Run Dharan photo

धरान रनले २०७५ सालमा नेवा एजुकेशन फण्ड स्थापना गरेको हो । रनले आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिताबाट सङ्कलित रकमले नेवा एजुकेशन फण्डको स्थापना गरेको छ । 

कोषमा १२ लाख रुपैयाँ रहेको अध्यक्ष राईले जानकारी दिए । शैक्षिक सामग्री वितरणसँगै रनले आगामी फागुन १२ गते आयोजना हुन लागेको १२ औं नेवा च्यारिटी १० के रन सफल बनाउन सार्वजनिक अपिल गरेको छ । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलगायतको उपस्थिति थियो ।