ईसाई धर्मावलम्बीहरूको विश्वासका आधारहरूमध्ये एक प्रभु येशुको जन्म दिनलाई विशेष दिन भनेर हर्षोल्लासका साथ उत्सव मनाउने चलन करिब २ हजार वर्षदेखि आज पर्यन्त चल्दै आएको छ । ईसा मसिहको जन्मले नै इतिहासमा समयको कालखण्डलाई ईसा पूर्व र ईसाको जन्मपश्चात् (द्यऋ र ब्म्) भनेर दुई भाग गरिदियो । विश्वव्यापी पर्व ख्रीष्टमस नेपालमा पनि नेपाली समुदायले भव्यताका साथ मनाउँछन्, यद्यपि राज्यको तर्पmबाट आर्थिक, भौतिक सहायताको साटो अनावश्यक प्रश्न र आशङ्का गरिँदा समुदायमा अन्यौलता छाउने, निरुत्साहित हुने गरेको छ । नेपाली ईसाईहरू पनि यही भूमिका हुन्, उनीहरू पनि यही राष्ट्रभित्रका हुन् र समान न्याय, हक अधिकार र शान्ति सुरक्षाको प्रत्याभूत गराउनु पर्दछ भन्ने कुराको हेक्का राखेर राज्यका अङ्ग र निकायहरूद्वारा तदनुरूपको व्यवहार गरिनु मनासिव हुन आउँछ । राष्ट्र भन्नाले देशको जनसङ्ख्या, निश्चित भूगोल र भौगोलिक अखण्डता, समान आकाङ्क्षा, राष्ट्रिय हित अनि राष्ट्र भक्ति र सम्पूर्ण जातजाति, भाषा, धर्म र संस्कृति, भौगोलिक विविधतायुक्त समाज नै समग्रमा राष्टू हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईका सारा भू–भाग, असल, कमसल, भीरपहरा, समतल, टाकुरा र शिखर अनि वन, जङ्गल सम्पूर्ण भूगोल नै नेपाल, देशभित्र रहेका सम्पूर्ण वर्ग, जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू नै राष्ट्रको परिभाषाभित्र अटाउँछन् ।
नेपाली ईसाई समुदायले राज्यलाई अनेकन सरकारका पालामा कैयौं पटक ज्ञापन–पत्र, ध्यानाकर्षण पत्र बुझाएर औपचारिक, अनौपचारिक वार्ता गरेर नेपाली ईसाई समुदायभित्रका सारा समस्याहरू कानूनतः समाधान गर्न अनुरोध गर्दै आएको छ । ईसाई धर्मसँग सम्बन्धित पर्वहरू वर्षमा मुख्यतः तीनवटा छन्– ख्रीष्टमस, गुड फ्राइडे र ईस्टर यसर्थ वर्षमा ३ दिन सार्वजनिक बिदा दिनुपर्छ भन्ने समुदायको माग हो । नेपालमा ईसाईहरूको उपस्थिति ११ औं शताब्दी र १७ औं शताब्दीताका भएको देखिए पनि पछिल्लो पटक सन् १९५२ बाट औपचारिक रूपमा तत्कालीन सरकार प्रमुख राजा महाराजाले नै मिसनरीहरूलाई अनुमति दिएपश्चात् सुरुवात भएको मान्न सकिन्छ । मल्ल कालबाटै ईसाईहरूको नेपालमा औपचारिक प्रवेश भएको मानिन्छ । तर, त्यसअघि पनि थिएनन् भन्ने होइन । विभिन्न ऐतिहासिक दस्तावेजहरूले नै मल्लकालदेखि चाहिँ औपचारिकरूपमा ईसाईहरूको प्रवेश भएको देखाएको छ । विशेषगरी तत्कालीन समयमा शिक्षादीक्षाका लागि पनि ईसाईहरूको प्रवेश भएको पाइन्छ । नेपालमा पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने बेलामा उपत्यकाभित्र रहेका धेरै ईसाईहरूलाई लखेटेको इतिहास पाइन्छ । भारत लखेटिएका नेपाली ईसाईहरूको सन्तान नेपाल फर्की आएर वृद्धि भएको देखिन्छ । विश्वभक्त दुलाल ‘आहुति’ भन्छन्, ‘नेपालमा ईसाई भिœयाउने राजा, महाराजाहरू नै हुन् । नेपालमा गुणस्तरीय शिक्षा उनीहरूलाई नै चाहिएको थियो र पछिबाट अन्य धेरैको पहुँच हुँदै गयो । संविधानतः राज्यको धर्म नभएर धर्म त व्यक्ति वा सम्प्रदायको हुने उल्लेख भए तापनि राज्य स्वयम् हिन्दु एकल धर्ममा सीमित रह्यो । लोकतान्त्रिक गणतन्त्रमा समावेशिताको आधारमा सम्पूर्ण नागरिकलाई समान हक, अधिकार र समान न्याय गरिनु पर्नेमा गणतन्त्रपश्चात् अझ बढी हिन्दु धर्मसँग सम्बन्धित चाडपर्वहरूमा सार्वजनिक बिदा, उत्सवजस्ता कुराहरूमा राज्यका अङ्गहरूको बढी लगानी हुँदा अल्पसङ्ख्यकहरूलाई वास्ता गरिएन । राज्यको कुनै पनि क्षेत्र चाहे प्रशासनिक क्षेत्र वा प्रतिनिधि सभा होस् वा कुनै पनि संस्थामा धर्म निरपेक्षको सवालमा निष्पक्ष न्याय भएन बरू गणतन्त्र अघिभन्दा अझ निर्मम कानून लादेर अल्पसङ्ख्यक त्यसमा पनि खासगरी ईसाईहरूलाई निस्तेज गर्ने कानून बनाइयो ।
समावेशी र समानुपातिक सिद्धान्तका आधारमा व्यवहार गरेको अनुभूति ईसाई समुदायले अझै पनि गर्न पाएनन् । कमल थापाजस्ता नेताले ईसाईहरूको विरोध गर्नु उसको धर्म हो । विद्यालयको पाठ्यपुस्तकमा एउटा ‘ईसा’ को नाम राखिँदा सहीनसक्नु हुने गणतन्त्रवादी भीम रावलजस्ता नेताले राज्यलाई कसरी धर्मनिरपेक्ष साबित गर्लान् ? जबकी अन्य धर्मका चित्र, कथा, कहानी, अनुष्ठानलगायतका कुराहरू चाहिँ जताततै छैन र ? यस्ता पक्षपाती गणतन्त्र मान्य होला त ? व्यक्तिको मौलिक हक खोइ ? अल्पसङ्ख्यक नेपाली ईसाई समुदायको हकमा राज्य जहिले र जहाँ पनि संविधानतः पक्षपातरहित, सहयोगी र न्यायसङ्गत व्यवहार होस् भन्ने आशा गर्दा, व्यक्तिको मौलिक हकमा असर परिराखेको ईसाईहरूले अनुभूत गरेका छन् । नेपालमा ईसाईहरू पैmलँदा भारत र चीन दुवैलाई टाउको दुखाइको विषय हो होइन उनीहरू नै जानून् । तर, नेपालका नेताहरूलाई अझ बढी टाउको दुख्ने हँुदा नेपालको लोकतान्त्रिक गणतन्त्र दोधारे चरित्रको लोकतन्त्र देखिएको छ । एकातिर सनातनदेखि चल्दै आएको धर्मको रक्षा र अर्कोतिर धर्मनिरपेक्ष राष्ट्र यो नै आफैमा विरोधाभाषी छ । अझ पञ्चायतकालमा वर्दीधारी प्रहरी देख्दा झस्कने ईसाई आज पनि त यही अवस्थामा आफ्नो धर्म र आस्थाको संरक्षण र प्रवद्र्धन कसरी गर्न सक्छ र ? कोही व्यक्तिले म ईसाई हँु भन्ने बित्तिकै उसलाई हेर्ने दृष्टिकोण नै अलग र विभेदकारी हुनेहुँदा आज नेपाली ईसाई नागरिकले आपूmलाई राज्यको दोस्रो दर्जाको नागरिक सरह भएको अनुभूत गरेका छन् । राष्ट्रले विश्वसामु आफूलाई धर्म निरपेक्षसहितको लोकतान्त्रिक गणतन्त्र राज्य भनेर प्रस्तुत गर्न सक्ला र ? यसकारण पनि आम नेपाली जनताले राज्यको तर्पmबाट यो आशा गर्न सकौं, समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि समुन्नत, समृद्धिशाली राष्ट्रमा विविधतायुक्त नेपाली समाज सम्पूर्ण जातजाति, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धनका निम्ति वास्तविक अभिभावक भएर सबै क्षेत्र, वर्गलाई समेटेर हामी नेपाली हौँ भन्ने सन्देश दिनु जरुरी छ ।
राज्य र नेपालका राजनीतिक दलहरूले नेपालका मूलधारका ईसाईहरूलाई कहिल्यै पनि सम्बोधन गर्न सकेनन् । बडो बिडम्बना, संसद्भित्र आरजु राणा, माधव नेपाल, होली वाइनवाला एकनाथ ढकालजस्ता नेताहरूलाई ख्रीष्टियन भनेर चिन्दारहेछन्, तर उनीहरू कहिल्यै ख्रीष्टियन बन्न सक्दैनन् अर्थात् ख्रीष्टियन बन्न त्यस्तो सहज कुरा होइन । जोकोही सजिलै ख्रीष्टियन बन्न सक्दैन, जो सजिलै वा स्वार्थपूर्तिका लागि ख्रीष्टियन बन्छ भने त्यसले ख्रीष्टियन समाजलाई बदनाम गर्छ । यदि कोही ख्रीष्टियन बनेको छ भने त्यो व्यक्तिले परिवार, समाज र अन्य क्षेत्रबाट प्रताडित भई मूल्य चुकाएर मात्र ऊ ख्रीष्टियन भएको छ । अनि येशु ख्रीष्टमा अनन्त शान्ति, आनन्द र नयाँ जीवन प्राप्तिको अनुभव गरी येशुको दोस्रो आगमनको प्रतिक्षामा छ । बाइबलका अनुसार संसारको अन्त्यअघि, येशुको दोस्रो आगमनको पूर्वसन्ध्यामा, संसार भ्रष्ट हुँदै झगडा, युद्ध र ठूला–ठूला युद्धका हल्ला, अनिकाल, भूकम्प, मौसम परिवर्तन र महामारीजस्ता कुराहरू देखिनेछन् । येशु सारा मानव जातिलाई पापबाट मुक्ति दिनको लागि बलिको थुमा भई क्रुसमा बलि भए अनि चिहानमा परेको तीन दिनपछि जीवित उठेर चालीस दिनमा स्वर्गारोहण भएका येशु फेरि आउने कुराको बयान बाइबलमा गरिएको छ । ईसाईहरू यिनै कुराहरूको विश्वास गर्ने भएकाले आजभन्दा २०२३ वर्ष पहिले मानवलाई पापबाट मोक्ष गराउन येशु ख्रीष्ट कन्या केटीको गर्भद्वारा यस धर्तीमा जन्म लिएको दिनलाई ख्रीष्टमस भनिएको हो ।