धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षा बाट बिहिवार राष्ट्रियपति र प्रधानमन्त्रीको फोटो हटाएको बिषयलाई लिएर शुक्रबार बस्ने कार्यपालिका वैठक ऐजेण्डामा प्रवेश नगरि स्थगित भएको छ ।
मेयर साम्पाङले एकलौटी निर्णय गरेर कार्यकक्षबाट फोटो हटाउदा धरानले संविधानसभाको नियम नमानेको देखिएको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त ठाउँमा पुन: राष्ट्रियपति र प्रधानमन्त्रीको फोटो राख्न आग्रह गर्दै फोटो नराखेसम्म कार्यपालिका वैठक नबस्ने जिकिर गरेका छन्।
मेयरले गरेको यो निर्णयले धरानको बारेमा विभिन्न किसिमका नकारात्मक टीका टिप्पणी आएकाले धरानकाे नगर अभिभावक भएर परिवार संग कुनै किसिमको छलफल नगरि यस्तो काम गर्दा छोराछोरीलाई समेत नराम्रो असर परेको बताए ।
अभिभावकले आफ्नो कुरा सुनेन् भन्दैमा घरबाट निकालिहालनु नमिल्ने भन्दै मेयर साम्पाङले गरेको कार्य ओैचित्य भएको भन्दै विरोध जनाए ।
मेयर साम्पाङले भने केन्द्रीय सरकारले धरानलाई ओजेलमा पार्ने खोजेको धरानको बर्षौदेखिको पानि लगाएत अन्य समस्याहरुमा ध्यान नदिएकोले आफुले मौन आन्दोलन गरेको बताएका छन्।
उनले एक महिना अगाडि देखि धरान महोत्सवमा आउन आग्रह गरेको तर नआउने भएपछि धरानमा किन आउन नहुने मेयरले मात्रै बोलाएको हैन आमधरानवासिले धरानको १२३ ओैं स्थापन दिवस मनाउने कार्यक्रम निमन्त्रणा गर्दा नआउने भनेपछि यो धरानलाई विकास बजेटमा विभेद गरेको बताए ।
विराटनगरमा सामान्य कार्यक्रमको उद्घाटन गर्न आउने तर धरानले आफ्नो स्थापना दिवस निम्तो गर्दा नआउने हुदा चुनौतीपूर्ण मौन विरोध जनाएको मेयर भएर सडकमा आन्दोलन गर्न जान नमिल्ने भएकाले केन्द्र विरुद्धको आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरे ।
वैठक स्थगित भएपछि वडाअध्यक्षहरुले राष्ट्र कै अभिभावक भएकाले पदको गरिमा राख्नको लागि पुन तस्बिर राख्नु पर्ने धारण व्यक्त गरे।