धरान उपमहानगरपालिका वडा नम्बर – १० को वडा बाल संञ्जाले देउसी भैलो खेलेर उढेको रकम बाट पञ्चायत माविका विधार्थीहरुलाई स्वेटर र जुत्ता सहयोग गरेको छ। कक्षा १ देखि कक्षा ५ सम्मका जेहन्दार र आर्थिक अबस्था कमजोर भएका विधार्थीहरुलाई केही सहज होस भने उदेश्यले जाडोमा आवश्यक रहेको स्कुलको स्वेट र जुत्ता सहयोग गरेको छ।
वडा बाल सञ्जालकी अध्यक्ष ल्याट्रिस गुरुङले बाल संञ्जाले यस पल्ट तिहारमा देउसी भैलो कार्यक्रमको आयोजना गरि कार्यक्रम बाट उढेको रकम सामाजिक काम खर्च गर्ने योजना भएकाले धरान वडा नम्बर – १० वडा कार्यलय र टोल विकासका समिति संग समन्वय गरेर देउसी भैलोबाट उढेको रकम सरकारी स्कुलकाका स–सान बालबालिकाहरुलाई जाडोमा न्यानोका लागि आवश्यक स्वेटर रहेकाले हामीले सानो भएपनि सामाजिक कामको सुरुवात गर्ने मनसाय भएकाले वडा भित्र रहेको पञ्चायत माविका ५० जना विधार्थी भाईबहिनिहरुलाई ३५ थान स्वेट र १५ थान जुत्ता र मोचा सहयोग गरेको बताईन।
वडा बाल संञ्जाले निकै राम्रो सहयोग काम गरेको भन्दै वडा नम्बर – १० अध्यक्ष विवेक राईले वडा बाल संञ्जालका स–सान नानीहरू देउसी भैलो खेलेर उढेको रकम सामाजिक कार्यमा सहयोग गरेकोमा निकै नै राम्रो उदाहरणीय कामको सुरुवात बालबालिकाहरुले गरेको बताए।
राईले संञ्जालका बालबालिकाहरुले अहिलेबाट नै समाज भएका समस्याहरु नियालेर सानो भएपनि सहयोगी भावान देखाएको छन् । अबका दिनमा बालबालिकाहरुले केही गर्ने सक्ने उदाहरण भनेको बताउदै बाल संञ्जाले गरेको कामको तारिफ गर्दै सञ्जाले आगमी दिनहरुमा गर्नेकामा वडा –१० ले सदैब सहयोग गर्ने बताए। उनले सामाजिक कार्य गर्दै जान शुभकामना समेत दिएका छन् ।
पञ्चायत मावि प्रधानध्यापक सागर श्रेष्ठले बालबालिकाहरुले सानै उमेर बाट सामाजिक भावना राखेर यसरी देउसी भैलौ खेलेर जुटाएको रकम हाम्रो स्कुलका नानिहरुलाई सहयोग गरेकोमा निकै खुशि भएको बताउदै आगमि दिनमा पनि अझै राम्रो कामहरु गर्दै जान शुभकामना दिए।
उक्त कार्यक्रममा बाल संञ्जालका सचिव कृष्मा तामारकार, उपाध्यक्ष खुशी वर्देवा,कोषाध्यक्ष प्रिती राजधामीको लगाएत धरान १० का टोलविकास समितिका अध्यक्ष लगाए अन्य प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।