धरानका राजनितिक दलका युवा विधार्थीहरुले  आज मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने घोषणा गरेका छन्।

युवाहरुले फोटो टाँस  गर्ने  भएपछि धरान उपमहानगरपालिका कार्यलय यतिबेला तनावग्रस्त अवस्थामा रहेको छ। मेयर हर्क साम्पाङले पौष १२ गतेआफ्नो कार्यकक्षाबाट राष्ट्रप्रमुखका तस्बिर हटाएर किरात राजा यलम्बरको तस्बिर राखेपछि  सृजना भएको विवादले पौष १३ गतेको कार्यपालिका वैठक समेत स्थगित भएको थियो।

कार्यपालिका वैठकमा वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्यहरुले पुन फोटो राख्न  अनुरोध गरेपछि मेयर साम्पाङले य बिषयमा सोचेर निर्णय गर्ने भनेर कार्यपालिका वैठक स्थगित भएको घोषणा गरेका थिए। तर अहिले सम्म मेयरले उक्त बिषयमा कुनै पनि प्रतिक्रिया नदिएपछि धरानका राजनीतिदलका युवाहरुले फोटो राख्ने घोषणा गरेपछि नगरपालिकाको कार्यलयको मुख्य गेटमा नै बाक्लो सुरक्षाकर्मि राखिएको छ। कर्मचारी बाहेक अरुलाई प्रवेश गर्न निशेध गरिएको छ।
dharan ngarpalika

मेयर हर्क साम्पाङले राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखे पछि केही दिनदेखि राजनीतिक दलहरुले आपती जनाएका थिए। यलम्बर राजाको तस्विर राख्दा कुनै किसिमको आपत्ति  नभएको तर राखिएको फोटो हटाउनु गलत भएको बताएका छन्। सिङ्गो राष्ट्रको सम्मानित राष्ट्रपती र कार्यकारी राष्ट्र प्रमुखको तस्वीर हटाएर  संविधानको नियम नमानेको र राष्ट्रप्रमुखको  अपमान गरिनु आपत्ति रहेको राजनितिक दलहरुले बताउदै आएका छन।