8910C424-813B-4C3D-AE65-BE172397ECADकठ्याङ्ग्रिँदो जाडो बढ्दै गएपछि बराहक्षेत्र नगरपालिका ४ नम्बर वडाको अति विभिन्न श्री भगवती आधारभुत विधालयका विधार्थीहरुलाइ जाडोमा न्यानो होस् भन्ने उद्देश्यले १५० जनलाइ वडा कार्यालयले कपडा वितरण गरेको छ ।

अहिले तराईमा सितल लहर बडे सङ्गै स्कुलका सान साना नानीहरुलाइ स्कुलमा पठन पाठनमा असज भएको हामी देख्न र हेर्न सक्छौ । सोही अनुसार बराहक्षेत्र ४ नम्बर वडामा रहेको श्री भगवती आधारभुत विधालय व्यवस्थापन समितिले हाम्रो स्कुलका नानीहरु चिसोमा गारो यहाँको र यहाँ  ६० प्रतिशत अति विपन्न दलित समुदाय भएकोले गाह्रो भएको स्कुलले १५० जनालाइ न्यानो स्विटर उपलब्ध गराइ पाउ भनी निवेदन आएकोले वितरण गरेको वडा कार्यालयका सचीव मनोज पडौलले बताउनु भएको हो । 

चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउँछाउँ, घर लगायत विभिन्न ठाउँमा आगो तापिरहेका देखिन्छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ । अहिले सुनसरीको बराहक्षेत्र नगरको तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । 

जाडो बढेसँगै बराहक्षेत्र महानगरपालिका ४ नम्बर वाड कार्यालयले  विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । जाडो बढेसँगै इटहरी, धरान, दुहबी, विराटनगर अधिकांश पालिकाले निजी तथा सामुदायिक विद्यालय साथै सरकारी कार्यालयहरूमा समेत जाडोको कारण सेवाग्राहीहरूको उपस्थिति पातलिएको  बराहक्षेत्र ४ नम्बर वडाका सचीव मनोज पौडेल  बताए ।

मौसम परिवर्तन भएसँगै सुनसरीमा पनि चिसो बढ्दै गएको हुँदा चिसोकै कारण कसैको मृत्यु नहोस् भन्ने अभिप्रायले न्यानो कपडा वितरण गरिएको बराहक्षेत्र नगरपालिका ४ नम्बर वडा अध्यक्ष आसाराम चौधरीले बताए । 

विद्यालयकी प्राधानाध्यापक दुर्गानन्द चौधरीले पहिलो पटक कुनै पनि संस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि सहयोग गरेको प्रति धन्यवाद ब्यक्त दिएका थिए ।

न्यानो कपडा प्राप्त गरेका विधार्थीहरु

न्यानो कपडा पाएको खुसी लागेको भन्दै आफूले पाएको कपडा विद्यालयमा आँउदा लगाउने, सफा राख्ने खुसी साटा साट गरेका थिए । अभिभावक  रामप्रसाद सदाले आफ्ना बच्चाहरुलाई न्यानो कपडा वितरण गरेकोमा बराहक्षेत्र ४ नम्बर वडालाइ धन्यवाद दिदै नानीलाइ राम्रो शिक्षा दिएर असल नगरिक बनाउने बताए ।

त्यसै स्कुलका व्यवस्थापन समितिका अध्यक्ष धरपती ढलालले हाम्रो विधार्थीहरुले न्यानो कपडा पाएर निकै खुशी भएको बताए अव नानीहरु स्कुल आउने समेत बताए । स्कुलमा न्यून विधार्थीहरु भएकोले यो वर्ष देखी घर दैलो कार्यक्रम गरेर विधार्थी सख्या बडाएर लाने बताए ।

वितरण कार्यक्रम वडा सदस्यहरु सम्झना सदा, राधा चौधरी, टेक बहादुर बस्नेत, वडा सचिव मनोज पौडेल, कर्मचारी रमेश बिस्ट लगायतको सहभागितामा कपडा वितरण गरिएको थियो ।