नेपाल फोटो पत्रकार माहासंघ सुनसरीले आयोजना गरेको दुई दिने फोटो पत्रकारिता तालिम समापन्न भएको छ।

भेडेटारको बेसक्याम्प बुधबार देखि संञ्चालन गरिएको उक्त दुई दिने प्रशिक्षण तालिममा करिब १५ जना प्रशिक्षार्थीहरुको सभागिता रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अथिति साँगुरीगढी गाउँपालिका अध्यक्ष  जितेन्द्र रुम्दालि राईले पत्रकारहरुले वास्तविक र साचो कुराहरुलाई पत्रकारको आचार संहिता भित्र रहेर कामगरे कुनै समस्या उत्पादन नहुने बताए।

उनले पछिल्लो समय पत्रकारितामामा अलि फ्रिड भए जस्तो देखिएको हुदा जसलाई जे लेख्न मनलाग्यो त्यही लेख्ने प्रविधि बढदै गएकाले  समाजमा एक खाल्को पत्रकार प्रति गरिने विश्वास कमि हुदै गएको हुदा यस्तो तालिमहरुले नयाँ पुस्ताहरुमा समाचा लेख्नमा केही शुद्धीकरण ल्याउने  बताए।

 फोटो पत्रकारिता के हो कसरी गर्ने सकिन्छ , समाचारका लागि खिचिने फोटो सन्देश मुलुक हुनु पर्छ फोटो खिच्दा फ्रेमिङ,कम्पोज, ट्राइमिङ् लाईट कण्डिसन बारे नेपाल  फोटो पत्रकार माहा संघ प्रदेश अध्यक्ष  वेदराज पौडेल प्रशिक्षण दिएका थिए ।

 त्यसैगरी पत्रकार माहासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले पत्रकारहरुले पालना गर्नुपर्ने आचा संहिता बारे जानकारी दिएका थिए। लामोसमय पत्रकारितामा समय विताएका नेवा देय दवु सुनसरीका अध्यक्ष महेश श्रेष्ठले पत्रारितामा हुने समस्या, अप्ठ्यारो र चुनौतीपूर्ण क्षणको आफ्नो अनुभव राखेका थिए ।

नेपाल फोटो पत्रकार सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले नयाँ टेक्नोलोजीको विकास भएसंगै धरै कुराहरु डिजिटल भएका हुदा  फोटो पत्रकारितामा राम्रो भविष्य भएकाले नयाँ पुस्ताहरुले यो क्षेत्रमा लाग्दा समाचार मुलक फोटो कसरी खिच्ने  कस्ताकस्ता फोटोहरु समाचार मुलक हुन्छ।

फोटोग्रफि र फोटो पत्रकारमा हुने फरक बारे जानकारी गराउने उदेश्य कार्यक्रमको आयोजना गरेको बताएका छन्।