आईतबार विहान बसेको धरानको कार्यपालिका वैठक अगाडी बढन सकेन एजेन्डामा प्रवेश नगरि मेयर हर्क साम्पाङ राईले गरेको नराम्रो गतिविधिलाई औलाएर उपमेयर आईन्द्र विक्रम वेघाले पहिलो पटक कार्यपालिका बैठकमा टिका –टिपणी गर्दा दुवै जना विच भना–भन भएको थियो ।
मेयर साम्पाङले हर्कका विरोधी उपमेयर पहिले देखी नैविषालु भएको भने भिडयो शेयर गरेपछि आफुलाई उक्त कुरा असय लागेको भन्दै उपमेयरले त्यस बामरेमा पुष्टि मागेका थिए। उनले कसरी मैले मेयरको विरोध गरे भनेबारे मेयर साम्पाङ सँग प्रशन गरेका थिए ।
१८ महिना सम्म महिले चुपलागेर हासेर नै मेयरको हरेक कामलमई सहयो गर्दै आएको भएपनि मेयरले त्यस्तो भिडयो शेयर गरेर आफुलाई गलत देखनउन खोजेको बताउदै मेयर जस्तो जिम्मेवार पदमा बसेर के गर्नु उचित हो होईन भनेर ख्याल गर्ने समय आएको बताएका छन्।उपमेयर वेघाले गरेको प्रशनले दुई बिच निकै समय सम्म चर्का –चर्की भएपछि उक्त बारे पुष्टि नभए आफु बोलिरहने बताएपछि मेयर साम्पाङले कुनै जवाफ दिन नसकेपछि कार्यपाली वैठक स्थगित भएको थियो।
स्थगित भएको कार्यपालिका वैठक पुन २ बजे बस्ने निर्णय भएपछि बसेको वैठकमा खानेपानी बोर्ड र कोशिबाट पानि ल्याउने प्रोजेक्टलाई जग्गा खरिद गर्ने बिषयमा वडा अध्यक्षहरुले असमति जनाए खानेपानीको एजेन्डा लिएर आएका मेयरले खानेपानी वोर्डको अध्यक्ष भएर एकलौटि निर्णय गरेको वडाअध्यक्षहरुले गरे गुनासो धरान वासिलाई खानेपानि पुर्याउन नसके बताए।
मेयरले खाने पानी वोर्डका सदयलाई मुदा चलिरकेकाले अदालतमा विचारधिनमा रहेको हुनाले सर्वोचको आदेश नआएसम्म नयाँ समिति बनाउन नमिल्ने भएकाले मलाई नै खानेपानीको अध्यक्ष बनाएको बताउदै उनले त्यहिकारण अध्यक्षहरुलाई बैठकाम नबोलाएको बताए। पुरानो खानेपानि वोर्डको ऋण घटाउनु पर्ने भएकाले करको दायरा बढाएर धरानको विकास गर्ने उदेश्यले पार्कीङ शुल्क उढाउन सुरु गरेको बताए पछि।
धरान १५ का वडा अध्यक्ष नरेश कुमार इवारमले हामी शासन गर्ने आएको हैन जन्ताको सेवा गर्ने आएको बताउदै करको बिषयलाई लिएर एक कदम पछाडी सर्ने मेयरलाई आग्र गरे अध्यक्ष इवारमले करको शुल्क उढाएका कारण जन्ताहरुले असन्तुष्टि देखाएको हुदा करलाई रोक्न आग्र गर्दै नगरपालिकालाई विकास गर्ने अपुग भए वडा नम्बर १५ को बजेट बाट १ लाख नगरपालिकालाई सहयोग गर्ने बताए।
त्यसैगरि वडा नम्बर– ९ अध्यक्ष रुपेश आर्चाय र वडा नम्बर –७ का अध्यक्ष जिवन सुवेदीले समेत कर नउढाउन मेयरलाई अनुरोध गर्दै विकास गर्ने अपुग भए वडाको बजेटबाट १–१ लाख दिने निर्णय गरे। उपमेयर बेघा भने कार्यपालिका वैठकभरि नबोलि मौन बसे ।