वी.पी. कोइराला संग्रहालय एवं अनुसन्धान केन्द्रको कार्य समितिको वैठकले ५ जना सदस्यलाई सर्वसमत मनोनयन गरेको छ। उपाध्यक्षमा गोविन्द बस्नेत, डा.एन एल राजवंशी र महिला उपाध्यक्षमा अनुपमा सुनुवार, सचिवमा शैलेश आचार्य र सह – सचिवमा मनिषा राई चयन भएका छन्।
यस अनुसन्धान केन्द्र २०७८ सालमा स्थापना भएर धरान १६ मा रहेको वी.पी.कोईराला पार्कको संरक्षण गर्दै आएको केन्द्र अध्यक्ष विश्वराज भण्डारीले बताएका छन्। उनले पार्कको रेखदेक, सरसफाई र पार्कमा टायल लगाउने काम केन्द्रले गरिरहेको बताएका छन्।
केन्द्रमा करिव ५० जना साधारण सदस्य रहेका छन्। सदस्यता शुल्क बार्षीक ५ सय लिने गरेको र उक्त्त संकलन रकमबाट नै पार्कको पुन निमार्ण कार्य लगाएत अन्य रङ लगाउने सरसफाई जस्ता काम गर्दै आएको साथै केन्द्रले सामाजिक कार्य सँगै कविता गोष्ठी,साहित्य कार्यक्रम समेत गर्दै आएको अध्यक्ष भण्डारीले बताए।