धरानमा २० देखि ३० प्रतिशत डाउनपेमेन्टमा विद्युतीय गाडी उपलब्ध हुने भएको छ । धरान- ८ वरगाछीस्थित सिर्जना मोटर्स प्रालिले विद्युतीय गाडीको सोरुम सन्चालमा ल्याएको एक महिना नपुग्दै २० वटा गाडी बुकिङ भएको छ ।
एसआरएम ११ सिटरको बजार मूल्य ४५ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने स्काइ वेल १४ सिटरको मूल्य ५८ लाख ३० हजार निर्धारण गरिएको छ ।
इच्छुकले १३ लाख ६५ हजार रुपैयाँ डाउनपेमेन्टमा ६० महिनाको इन्स्टलमेन्टमा मासिक ७३ हजार २ सय ८६ रुपैयाँ बुझाउन सक्दा विद्युतीय गाडी प्राप्त गर्न सक्ने कम्पनीका सन्चालक दिपेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् ।
५ वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी रहेको विद्युतीय गाडी नेपालमा पूजा कन्स्ट्रक्सन नेपाल प्रालि आधिकारिक बिक्रेताका रुपमा रहेको छ ।
प्रतिकिलो मिटर २ रुपैयाँ खर्चमा हिड्न सकिने गाडी तीन भेरियण्टमा उपलब्ध छन् । डिउल (ग्रे ह्वाइट), सिल्भर, ह्वाइट, स्कुलका लागि पहेलो रङमा उपलब्ध छ । सन्चालित सोरुममा सेल्स, सर्भिस र स्पेयर्स सेवा उपलब्ध हुनेछ । आगामी दिनमा १४ सिटर, १६ सिटर १९ सिटरमा विद्युतीय गाडी धरानमा उपलब्ध हुने सन्चालक चौधरीले बताए ।
यस्ता छन् विद्युतीय गाडीका विशेषता
साइनरी मोटर्स कम्पनीको उत्पादन विद्युतीय गाडी एसआरएम चाइनाको मार्केटमा लिडिङ गर्ने कम्पनी रहेको सन्चालक चौधरीले बताए ।
उनका अनुसार एसआरएम- डिसी फास्ट चार्जरमा ४५ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज हुनेछ । ०-१०० चार्ज हुन १ घण्टा समय लाग्ने छ । फुल चार्ज हुँदा तराईमा ३ सय किमी रेन्ज र पहाडी क्षेत्रमा १९० देखि २०० किमी रेन्ज दिन्छ ।
ओरालोमा रिजेनेरेशन सिस्टम रहेको विद्युतीय गाडी अन्य कम्पनीभन्दा २० प्रतिशत रिजेनेरेशन चार्ज दिने र पर-आवर ९ किमीमा रिजेनेरेशन उपलब्ध छ । ब्याट्री क्षमता ४१.८६ किलो वाट र मोटरको क्षमता ६० किलोवाट रहेको छ ।
टर्क क्षमता २२० एनएम रहेको छ भने ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । टप स्पीड १०० किमी रहेको गाडीमा
अगाडि पछाडि क्यामेरा रेकर्डिङसहित उपलब्ध छ भने एभीएस सिस्टम ब्रेक रहेको छ ।
विद्युतीय गाडीका अन्य विशेषतामा चाइल्ड सेफ्टी लक, एयर कण्डिसन एच भीएसी, पावर विण्डो, फग ल्याम्प, रिभर्स क्यामेरा विथ पार्किङ सेन्सर, मल्टिफङ्क्सन डिस्प्ले, कि-लेस इण्ट्री, लुकिङ ग्लासमा टर्न सिग्नल रहेको छ । साथै ब्याट्री- लिथियम आइरन फोस्फेट (सिएटीएल) र चार्जिङ टाइप- जिबी/टी रहेको छ ।
सोरुममा स्पेयर्स पार्ट्स कम मूल्यमा उपलब्ध गराउने पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका श्याम ढुङ्गेलले जानकारी दिए ।