नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। दरका हिसाबले स्टर्लिङ पाउन्ड, स्वीस फ्रेन्स, युरोपियन युरो, अमेरिकी डलरको खर्द दर उच्च देखिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ। हिजोको तुलनामा पाउण्डको दर बढेको छ । स्वीस फ्रेन्स एकको खरिद दर १५३ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।