स्थानीय तहको निर्वाचनपश्चात् पूर्वाधार लगानीमा होडबाजीजस्तो चलेको छ । पर्यटन पूर्वाधारमा पनि लगानी लगाएको अवस्था छ । स्थानीय तहमा भएका सिमसार क्षेत्र, धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, ऐतिहासिक क्षेत्रहरुमा लगानी गरेको अवस्था छ । तर, ती लगानीहरु पर्यटनमैत्री हुन नसकेको भनी आलोचना हुने गरेको छ । तस्बिर खिच्ने उद्देश्यका निम्ति मात्रै लगानी भएको भनी टीकाटिप्पणीहरु हुने गरेका छन् । पर्यटन पूर्वाधारमा जति लगानी भएका छन् । ती लगानीहरु शासकको मुडका आधारमा लगानी भएका छन् । यसले दिगो पर्यटनलाई बढावा दिँदैन । यसो भएमा पर्यटन व्यवसाय झन् खस्किँदै जान्छ । पर्यटन पूर्वाधारमा जति लगानी भएको छ, त्यसको आयतनका हिसाबले धेरै भए पनि दिगो विकास र पर्यटकलाई नै तान्ने किसिमले भएको देखिँदैन । यो चाहिँ विडम्बना नै हो । पर्यटक भन्नाले कम्तीमा एक रात अर्थात् २४ घण्टा बस्ने व्यक्तिलाई जनाउँछ । त्यो आन्तरिक होस् या तेस्रो देशको । पर्यटकलाई अड्याउनका लागि त्यो वातावरण चाहिँ निर्माण नभएकोप्रति पर्यटन व्यवसायीहरु आक्रोसित छन् । यतातिर चाहिँ गम्भीर मन्थन र विचार गरिएको छैन ।
नेपालको हकमा अर्थतन्त्रको दोस्रो आधार पर्यटनलाई बनाउन सकिन्छ । तर, त्यसमा बृहत् छलफल र विमर्श भएकै छैन । पर्यटन वर्षहरु पनि मनाइँदै आएको छ तर औपचारिकतामै सीमित छन् । हामीले पर्यटकलाई आकर्षण गर्ने प्रकृतिको न त वातावरण तयार गर्न सकेका छौँ न त पूर्वाधारमा लगानी । वातावरण पनि महŒवपूर्ण कुरा हो । पर्यटकलाई बसौँ बसौँ लाग्ने वातावरण तयार गर्नका लागि ‘हस्पिटालिटी’ ले महŒवपूर्ण भूमिका खेल्छ । अर्को पूर्वाधार । पूर्वाधारमा जे जति लगानी भएका छन् । हचुवाका भरमा भएका छन् । दिगो विकासका लागि सोच राखेर पर्यटकलाई आकर्षित गर्ने खालका संरचनाहरु निर्माण गरिएको छैन । खालि तस्बिर खिचेर फर्किने पर्यटकहरुको अर्थ हुँदैन । त्यसले आर्थिक कारोबार हुँदैन । पर्यटकलाई कम्तीमा पनि खर्च गर्ने वातावरण तयार गरियो भने मात्रै अर्थतन्त्रमा टेवा पुग्दछ । हालसम्म त्यस्तो किसिमको काम हुन सकेको देखिँदैन । यहाँ चिन्तनकै अभाव देखिन्छ । पर्यटनलाई व्यवसायको रुपमा विकास गर्ने सोचकै अभाव देखिन्छ । यसो हुनु भएन । कम्तीमा पनि स्थानीय तहहरुले पनि पूर्वाधारमा लगानी गर्दा भविष्यमा कस्ता कस्ता पर्यटकहरु ल्याउने, कति दिनसम्म बसाउने ? उनीहरुलाई सन्तुष्ट बनाउनका लागि के के गर्ने ? भन्ने जस्ता विषयमा गम्भीर मन्थन गर्न जरूरी छ । तर, हाल जे जति काम भएका छन्; हचुवाका तालमा भएका छन् । भौतिक संरचना निर्माण गरिएको छ तर त्यसको दीर्घकालीन असर पु¥याउने प्रकृतिको हुन सकेको देखिँदैन ।
स्थानीय तहहरुले जुन किसिमले लगानी गरेको देखिन्छ । त्यो पर्यटन व्यवसायमुखी हुन आवश्यक छ । यसतर्फ चाहिँ गम्भीर भएर लगानी ग¥यो भने त्यसले भविष्यमा प्रतिफल दिन्छ । अहिले भइरहेको पूर्वाधार विकासले हामीलाई कहीँ पनि पु¥याउँदैन । यो होडबाजीले हामीलाई थप ध्वस्त बनाउँछ । लगानी पनि खेर जान्छ । भविष्यमा यस्तो गर्ने, यति पर्यटकलाई ल्याउने, यस्ता संरचना निर्माण गरी अघि बढ्ने जस्ता गुरूयोजना निर्माण गर्न आवश्यक छ अनि मात्रै हाम्रा पूर्वाधारहरुले पर्यटकलाई आकर्षित गर्नेछन् । नत्र त ‘भिजिटर’ हरु मात्रै आउनेछन् । जसले पर्यटनमा कुनै पनि फाइदा पुग्ने छैन । लगानी गर्दा दिगो र भरपर्दो हुन आवश्यक छ । त्यसतर्फ चाहिँ स्थानीय तहहरुले काम गर्नुपर्छ । पर्यटन व्यवसायीहरुको योजना र सोचअनुसार काम गर्ने हो भने मात्रै हामीले अर्थतन्त्रलाई टेवा दिन सक्छौँ । कुल गार्हस्थ उत्पादनमा भूमिका खेल्न सक्छौँ । स्थानीय तहले कम्तीमा यसतर्फ विचार गरेर लगानी गरोस् ।