यहाँ प्राचीन ऐतिहासिक प्रसङ्गलाई जोडियो भने लेख अलि लामो हुन्छ । त्यसो भएकोले यहाँ सिधै समसामयिक विषयमा प्रवेश गरिएको छ । संसारका सबै मानव समुदायमा आ–आफ्नै धर्म, परम्परा, संस्कार र संस्कृति छन्, ती हुनु पनि पर्दछ । धर्म, परम्परा, संस्कार, संस्कृति भनेको मानव सृष्टिभन्दा अगाडि आएका होइनन् । ती सबै मानव सृष्टि र विकासपछि मानवले नै निर्माण गरेका कुरा हुन् ।
यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने संसारमा जति पनि मानव समुदायका धर्म, संस्कार, संस्कृति र परम्पराका कुरा छन् । ती सबै गरिब महिला, दलित र बालबालिकासमेतलाई विभेद र उत्पीडन गर्ने खालका छन् । यसो भएको हुँदा के बुभ्mन सकिन्छ भने यस्ता धर्म, परम्परा, संस्कार र संस्कृतिहरू विभिन्न काल–खण्डका बौद्धिक विलास गर्ने अनुभव र मनगढन्ते कल्पना गर्ने व्यक्ति र समाजका ठालु शक्तिशाली व्यक्तिहरूले महिलाहरूलाई आफू र आफ्नो वर्ग अनुकूल चलाउन र उपयोग गर्ने गरिबबाटै श्रम शोषण गरी खान र मान्छेले मान्छेको जात खसाएर उनीहरू माथि आफू अनुकूल प्रयोग गर्न श्रम र सीपको प्रयोग उपयोग गर्नकै लागि धर्म, प्रथा, परम्परा र संस्कृतिलाई चलाएका रहेछन् । यी कुराहरू ईश्वरीय कुरा हुन् । यिनीहरूलाई छाँट्न, काट्न त होइन मात्रासम्म परिवर्तन गर्नु पनि हुँदैन भन्दै आएको कुरालाई बुझ्न त्यति गाह्रो छैन । यहाँ उठाउन खोजिएको कुरा के भने सबै धर्म, परम्परा, संस्कार र संस्कृतिमा महिलाहरूलाई घरको धन्दा गर्ने पतिको चित्त बुझाउने आफूभन्दा ठूला जनहरूको चित्त बुझाउने सन्तान जन्माउने ब्रत बस्ने, मठमन्दिर, चर्च, गुम्बा जाने कहिलेकाहीँ मेला, उत्सव, हाटबजार जानेबाहेक व्यावसायिक काममा हकदार बनाउने अध्ययन अध्यापनमा प्राथमिकता राखेर संलग्न गराउने राजनीतिक र सामाजिक काममा अग्रसर गराई अवसर दिने काम कुनै पनि धर्म, परम्परा, संस्कार र संस्कृतिले दिँदैन ।
त्यसो भएको हुँदा महिलाहरू उच्च घरानादेखि निम्न वर्गीय घरानासम्म जब आफ्ना पिता र पतिबाट पालित पोषित हुन्छन् । जब पिता, पति वा संरक्षकबाट पालित पोषित हुन नसक्ने अवस्था आउँछ, त्यो बेला उनीहरूसँग कुनै ज्ञान, सीप र अनुभव हुँदैन अनि महिला सङ्कटमा पर्दछन् । त्यसैले यहाँ महिला वा युवा अवस्थाका महिलाहरूले बुझ्नु पर्ने कुरा के हो भने आपूm कसैबाट पालित पोषित र संरक्षित भएको अवस्थामा आफूलाई भाग्यमानी ठान्ने अनि आफै केही गर्नुप¥यो भने अभागी ठान्ने होइन । हामी आपैm सचेत, स्वाभिमानी र आत्मनिर्भर हुने हो । यहाँ कतिपय महिलाहरू ठूलो घरानाका व्यावसायिक पतिका पत्नी हुनुहुन्छ तर, पति खाना खान जाँदा उहाँले पसल रुँग्नु हुन्छ । त्यो बेला पसलमा एउटा ग्राहक आयो भने न उहाँलाई कुनै सामानको मूल्य थाहा छ, न उहाँलाई त्यो सामान बिक्री गर्ने अधिकार नै छ । हुने खानेहरूले यसरी महिलाहरूलाई सुखसयलको आडमा महिलाहरूलाई बन्धक बनाएर राख्छन् । हाम्रा नेपाली आमा दिदीबहिनीहरूले वर्षौंदेखि स्वस्थानीको कथा पढ्न लगाएर कथा सुन्नुहुन्छ । उहाँहरूलाई घरपरिवारबाट ब्रत लिने र कथा सुन्ने मात्र अधिकार छ । तर, आफै कथा भन्नुलाई भेला भएर पढ्ने अनि आफै कथा भन्न सक्ने हुनका लागि २ घण्टा छ, महिना पढ्ने अधिकार भने उहाँहरू आफैलाई छैन ।