दिवङ्गत आमा कुमारी लिम्बूको स्मृतिमा छोरी बिना लिम्बूले धरान–१५ स्थित हरेराम कीर्तन कुञ्जलाई खाद्यान्न सहयोग गरेकी छन।
होप धरानको सहकार्यमा बिनाले खाद्यान्न सहयोग गरेकी हुन् । धरान १५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा खाद्यान्न प्रदान गरिएको हो। अध्यक्ष इवारमले दुःख परेकालाई सहयोग गर्नु असाध्यै राम्रो काम भएको बताए ।
होप धरानले जाति, पार्टीभन्दा माथि उठेर सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गरे । कुञ्जलाई एक कार्टुन तेल, एक कार्टुन बिस्कुट, एक बोरा चामल, एक कार्टुन चाउचाउ, एक बोरा सोयाबिन, एक बोरा भुजा, एक प्याकेट पिठो प्रदान गरिएको हो। यस्तै कुञ्जमा रहेका सात जना वृद्धवृद्धाहरूलाई साबुनलगायतका सामग्री दिइएको छ।
होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेले समाजमा दुःख पाएकाहरूलाई सानोतिनो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले दिनको एक रुपैयाँ सङ्कलन गरी सहयोग गर्दै आएको पनि बताए । उक्त अभियानमाफृत पाँचवटा बालआश्रम, र पढ्न नसकेका बालबालिकालाई स्कुल पठाएको उनले बताए।