धरानको होप धरान नामक संस्थाले सुरु गरेको ‘भोक राहतको लागि एक रुपैयाँ अभियान’बाट २१ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ।
अभियान सञ्चालन गरेको एक वर्ष पूरा भएको अवसरमा बुधबार धरान उपमहानगरभरिका २० वटै वडाका असहाय तथा विपन्नलाई खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष निश्चलमोहन पलिखेले जानकारी दिए।
अभियानको उद्देश्य गरिब तथा विपन्नलाई आर्थिक तथा भौतिक सहयोग गर्ने रहेको उनले जानकारी दिए।कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले खाद्यान्न सामग्री हस्तान्तरण गरे।
त्यसक्रममा उनले समाजका गरिब र बेरोजगारीलाई रोजगार दिने उद्देश्यले खोल्न लागिएको माया धराने साबुन उद्योग, बेसार उद्योगलाई विरोधीहरूले मुद्दा हालेर काममा ढिलासुस्ती भएको बताए ।