विजयपुर । धरानस्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय डायबिटिज र एन्डोक्रिनोलोजी सम्मेलन सम्पन्न भएको छ ।

सोमबार प्रतिष्ठानको बालरोग विभागले अन्तर्राष्ट्रिय डायबिटिज र एन्डोक्रिनोलोजी सम्मेलन गरेको प्रतिष्ठानका उप–प्राध्यापक तथा सह–प्रवक्ता डा. अरुणकुमार सिंहले जानकारी दिए ।

उनले बालबालिकाहरूमा हुने मधुमेह रोगबारे जनचेतना तथा यसका नयाँ प्रवृत्तिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताए । मिटोकोण्ड्रियल मधुमेहका विषयमा निहोन विश्वविद्यालय जापान टोकियोका प्रा.डा. तात्सुकी उराकमी र प्रतिष्ठानका डा. रविन मास्केले सहजीकरण गरेका थिए ।

सम्मेलनमा स्वागत मन्तव्य प्रतिष्ठानका प्रा.डा. निशाकेशरी भट्टले गरे । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग पनि मधुमेहको विषयमा छलफल भएको सह–प्रवक्ता डा. सिंहले जानकारी दिए । कार्यक्रममा बिरामीसँग पनि अन्तरक्रिया गरिएको थियो ।