धरान । धरान उपमहानगरपालिका ५ नम्बर वडास्थित डिपी बिलिभर्स इङ्लिस स्कुलमा अभिभावक सेमिनार गरिएको छ ।
स्कुलका प्राचार्य सन्जिप बान्तवा राईको अध्यक्षतामा सम्पन्न सेमिनारमा करिब ८० जना अभिभावक सहभागी रहेका थिए । प्राचार्य बान्तवाले वर्तमान अवस्थाको बारेमा ज्ञात गराउँदै अहिलेको चुनौतीलाई चिर्न आवश्यक रहेको बताए । उनले अभिभावकको गुनासो र अपेक्षाबारे बुझ्नका लागि सेमिनार आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहेका योहोश सुब्बासोङ लिम्बूले किशोर–किशोरीहरूको आवश्यकताहरूबारे दुई सत्रमा अन्तरक्रिया गरेको बताए । यस क्रममा अराइज एन्ड साइन नेपालका राधिका लामा र प्रमिला सुनुवारले अभिभावकहरूलाई खेलहरू खेलाएका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा गोविन्द राई, स्कुलका सह–प्राचार्य कुर्मित बान्तवा (लेप्चा) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक वीरेन्द्र लिङ्देनले गरेका थिए ।