प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।
संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गरिरहेको छ।