साना तथा घरेलु उधोगले देशको अर्थतन्त्र उकास्ने: राष्ट्रपति पौडेल
साना तथा घरेलु उधोगले देशको अर्थतन्त्र उकास्ने: राष्ट्रपति पौडेल
बैशाख २६, २०८१
ब्लाष्ट खबर
राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन्।
भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए।
उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उहाँको भनाइ छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताए।युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उहाँले जानकारी दिएका छन्।
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको गुनासो गरेका छन्। निर्यातले मात्रै राज्य बाँच्न सक्ने परिस्थिति नहुँदा उद्योग र उत्पादन क्षेत्रमा राज्यले विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिएकन छन्।