धरान । धरान उपमहानगरपालिकाको सहयोग र नेपाल मगर सङ्घ धरान उपमहानगर समितिको आयोजनामा धरान–१४ मा मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ ।

गत वैशाख ३० देखि जेठ ५ गतेसम्म धरान–१४ स्थित आईडियल स्कुलमा भएको प्रशिक्षणमा ३४ जना सहभागी थिए । त्यसमध्ये २५ जना महिला रहेका थिए । जुनी थापा मगर र अलिशा मगरले प्रशिक्षण दिएका थिए ।

आज (जेठ ६) बाट १९ गतेसम्म धरान–१६ मा अर्को समूहलाई प्रशिक्षण दिइने बताइएको छ । हालसम्म धरानका वडा नं. १, ५, ६, १३, १७, १८, १९ र २० गरी ८ वटा वडालक्षित प्रशिक्षण सम्पन्न भइसकेको छ ।