विजयपुर । नेवा एजुकेशन फण्डले १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

शनिबार फण्डले स्कुल ड्रेस, ट्रयाक सुट, जुत्ता, कापी–कलम, क्याल्कुलेटर, झोलालगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । ‘धरान १० के रन नेवा च्यारीटी दौड प्रतियोगिता’ बाट सङ्कलित रकमबाट फण्डले छात्रवृत्ति प्रदान गर्दै आएको छ । फण्डको १३ लाख रुपैयाँ अक्षय कोषको त्रैमासिक ब्याजबाट त्रैमासिक रुपमा  सामाग्री प्रदान गर्दै रनका अध्यक्ष रमु राईले बताए । विद्यार्थीलाई फोटो पत्रकार सङ्घ सुनसरी जिल्ला अध्यक्ष विकास राईलगायतले शैक्षिक सामग्री प्रदान गरे ।

छात्रवृत्ति पाउने विद्यार्थीका शिक्षा सदन मा.वि.का सोलिट राई, पञ्चकन्या मा.वि.का समर्पण राई, किरातेश्वर मा.वि.का मनिता घतानी, नेहाम कार्की, पञ्चायत मा.वि.का उषा राई, ल्याबोरेटरी मा.वि.का असिम राई रहेका छन् । यस्तै निकेतन मा.वि.का नमुना कठेत, तोहिद अन्सारी, सम्यक आधारभूत विद्यालयका सोया लामा, निम्न माध्यमिक विद्यालयका निहाङ्गा राई, किरातेश्वर मा.वि.का दीपाकुमारी चौधरी, शिक्षा ज्योति आधारभूत विद्यालयका सिमाने तामाङ र ल्याबोटरी माविका विनिता भुजेल रहेका छन् ।

उत्कृष्ट विद्यार्थी नमुना कठेत भएकी छन् । उनलाई कपडामा लगाउन आइरन प्रदान गरिएको छ । धरान रन समूहले आयोजना गरेको १२ औं नेवा च्यारिटी रनबाट ३ लाख ६७ हजार २ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ । उक्त आम्दानीबाट नेवा एजुकेशन फण्डको अक्षयकोषमा १ लाखसहित १३ लाख जम्मा भएको छ ।