विजयपुर । धरान पुनःस्थापित समूहको फुटसल प्रतियोगिता आज (बुधबार) बाट सुरु हुने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरी समूहले जेठ ९ गतेदेखि प्रतियोगिता हुने जानकारी दिएको छ ।
प्रतियोगिता हाम्रो फुटसल धरान–८ मा हुनेछ । समूहका अध्यक्ष सरल उदासका अनुसार प्रतियोगितामा सिक्किम, दार्जिलिङ, सिलगुडी, केराबारी, इटहरी, काठमाडौँलगायतका १६ समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ र दोस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष उदासले बताए ।
प्रतियोगिता भोलि समापन हुनेछ । पुनस्र्थापित समूह पूर्व लागूऔषध प्रयोगकर्ताहरूको समूह हो । समूहका सचिव रोशन रेग्मीले आर्थिकरूपमा विपन्न लागूऔषध प्रयोगकर्तालाई उपचारमा लाने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए । उनले भने, ‘लागूऔषध प्रयोगकर्ता सुध्रिन सक्छन्, केही गर्न सक्छन् भन्ने सन्देश दिन खोजेका हौँ ।’
समूहको विज्ञप्तिमा विद्यालय, मजदुर क्षेत्र एवम् समुदायमा लागूपदार्थ सेवनकर्ताको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई समाजमा गम्भीर असर परी भविष्य अन्धकारोन्मुख भएकाले दुव्र्यसनविरुद्ध अभिमुखीकरण कार्यक्रम गर्ने लक्ष्य रहेको उल्लेख छ । लागूपदार्थरहित समाज निर्माणमा टेवा पु¥याउन उद्देश्यले संस्था गठन भएको समूहले जनाएको छ ।