धरान । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन जिल्ला कार्य समिति सुनसरीले निसहारा बाल आश्रममा खाद्यान्न र नगद सहयोग गरेको छ ।
१७ औँ गणतन्त्र दिवसको अवसर पारेर अध्यक्ष चित्रबहादुर आचार्यको नेतृत्वमा १० हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न र १० हजार रुपैयाँ नगद सहयोग गरेको हो ।
कार्यक्रममा जिल्लामा रहेका पदाधिकारी साथै केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूको उपस्थितिमा सहयोग प्रदान गरिएको सचिव बाबुराम पौडेलले जानकारी दिए । बालआश्रम सुनसरी इटहरी उपमहानगरपालिका–४ मा सञ्चालित रहेको छ । समाजसेवी गीता गौतमले आश्रम सञ्चालनमा ल्याएकी हुन् ।
कार्यक्रममा अध्यक्ष आचार्यसहित केन्द्रीय सचिवालय सदस्य शान्तिराम अधिकारी, केन्द्रीय सदस्य राधा भट्टराईलगायतले खाद्यान्न तथा नगद प्रदान गरेका छन् । संस्थाका पदाधिकारीहरूले व्यक्तिगत नगद सहयोग गरी खाद्यान्न तथा नगद सहयोग गरेको जनाएको छ ।