धरान । धरान–१५ स्थित सुसनरोड महिला समूहको अध्यक्षमा सुर्जा राई पुनः चयन भएकी छन् ।

शनिबार धरान–१५ स्थित साकेला धार्मिक वन परिसरमा सम्पन्न समूहको प्रथम साधारणसभाले सुर्जा राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा दिपकला राई, सचिव वेदना जवेगु, कोषाध्यक्ष हेमकुमारी लिम्बू, सह–सचिव सुशीला भट्टराई (प्याकुरेल) चयन भएका छन् । सभाले समितिको सदस्यहरूमा नवीना काफ्ले, राजकुमारी दाहाल, कविता लिम्बू, मिना निरौला, टुल्काकुमारी पुरी, अनु राई, रमा श्रेष्ठ, रमा कार्की, यशोदा लिम्बू, गोमा गिरी र अनिसा राईलाई चयन गरेको छ ।

अध्यक्ष सुर्जा राईको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ नं. वडाध्यक्ष नरेशकुमार इवारमले नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

सभामा बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तान, नागरिक समाजका अध्यक्ष अमर राई, शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शङ्कर राई, सुसनरोड टोल विकास संस्थाका अध्यक्ष कविता लिम्बू, धौलागिरि टोल विकास संस्थाका अध्यक्ष दिनेश राना मगर, सुसनरोड सेवा समाजका अध्यक्ष राजेन्द्र खड्कालगायत सहभागी थिए ।