श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ३१ गते बिहीबार, १३ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि २१ः५० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०५ः२२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान र अनुयायीको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीका समस्या सुल्झाएर अघि बढ्न सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गरे लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। अरूको भरपर्दा काम बिग्रने डरले सताउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा सामान्य फाइदा हुनेछ । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ।   
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लक्ष्मीको कृपाले मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । सानो प्रयत्नले परिवर्तन आउनेछ।