धरान । सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको आयोजनामा प्रभातफेरी कार्यक्रम गर्दै ट्राफिक सप्ताह बिहीबारदेखि सुरु भएको छ ।
धरानको भानुचोकबाट सुरु भएको प्रभातफेरी छाताचोक, सिंहदेवी चोक, पुरानो बजार हुँदै देशीलाइन पुन: भाानुचोक हुँदै सिद्धि नेवा: परिषद्मा पुगी टुंगिएको थियो । कार्यक्रमको उद्घाटन धरान नगरका प्रमुख हर्कराज राईले गरे ।
कार्यक्रममा विभिन्न संघसंस्थाले साथ दिएका थिए । चालक सहचालक, यात्रु, सवारीसाधन धनीलाई सचेतना गराउँदै दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले कार्यक्रम गरिएको जिल्ला ट्राफिकका प्रमुख इन्स्पेक्टर सुवास केसीले जानकारी दिए ।