विराटनगर । कोशी प्रदेशको आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरू आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलित बनेका छन् । 

समान बढुवा र न्यायोजित वृत्ति विकासको अवसरको सुनिश्चितता गरिनुपर्ने माग गर्दै बिहीबारदेखि आन्दोलित बनेका हुन् । प्रदेश सरकार मातहतका लेखा शाखामा काम गर्ने आठौँ तहसम्मका कर्मचारीहरू आन्दोलित भएका हुन् । उनीहरूले मागलाई शुक्रबारसम्म सम्बोधन नभए मोरङ जिल्लाबाहेक अन्य जिल्लामा कार्यरत समूहका कर्मचारीहरू कामकाज स्थगित गरी सम्बन्धित प्रदेश लेखा एकाइ कार्यालयमा भेला भई दबाव सिर्जना गर्ने कार्यक्रम रहेको आन्दोलनमा सहभागी सुरज कोइरालाले जानकारी दिए ।