उदयपुर गाईघाटमा गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका वडा नम्बर –१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । भने अन्य दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन्।