धरान । झापाको कन्काई नदीमा बगाई अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा बिहीबार सखुवा जातको चिरान काठ (फेन्टा) झापा प्रहरीले बरामद गरेको छ ।
झापा शिवसताक्षी नगरपालिका १ स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी बगाएर ल्याउँदै गरेको आधारमा प्रहरीले १९ क्यूबिक फिट फेन्टा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार अस्थायी प्रहरी चौकी माइधार र गैडे सामुदायिक वन उपभोक्ता समितिको टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी चन्द्रका अनुसार ५७ हजार मूल्य बराबरको फेन्टा नियन्त्रणमा लिई गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको छ ।