पुस्तासम्म पुग्न सक्दैनन्। कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहनसहन लोप हुने अवस्थामा छन् । विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ ।”


पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसंँग जोडिएको ‘सोरिनेम तोसिखोम’ (पितृ घर) निर्माणले उत्साह थपिएको कुलुङले बताए।

परम्परागत रुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गरिरहेको उनले जानकारी दिए। यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

“हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरु छन्”, अध्यक्ष राईले भन्नुभयो, “यी सम्पदाहरुको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ।

यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ ।” विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उहाँले जानकारी दिए।

विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ।संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए।

उनका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ।


“हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ” प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“ यहाँका ऐतिहासिक क्षेत्रहरुको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ । यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ ।”