स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ।
बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला पाँचले कम भई आज एक हजार आठ सय ३० मा कारोबार भएको छ।