काठमाडौँ/ कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताउनुभएको छ।
बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए। साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।
कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।