काठमाडौँ/संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ।
समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको हो।
उनीहरुमाथि सुनुवाइका लागि गरिएको उजुरी आह्वान गर्न समितिले आज जारी गरेको सूचनामा १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट दिने सकिने उल्लेख गरिएको छ। साथै, सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने जनाएको छ।