धरान / आज बिहीबार बिहान नेपाली आकाशबाट पनि खण्डग्रास सूर्यग्रहण देखिँदैने भएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माका अनुसार सूर्यग्रहण नेपालमा विहान ८ बजेर ४३ मिनेटबाट शुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । विहानको १० बजेर २ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीब ३७ प्रतिशत ढाकेको देख्दछौं भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् ।

ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिनेछ । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिने समितिले जनाएको छ ,। ।

रिङ अफ फायर साउदी अरबबाट देखिन सुरु हुन्छ । कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इन्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने डा शर्माले बताए ।

gran talika
कुन राशिका लागि उत्तम
बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार  ग्रहणका समयमा के गर्न हुने के गर्न नहुने भन्ने विषयमा ज्योतिष शास्त्रमा उल्लेख गरिएको पाइन्छ । यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो ।

वैज्ञानिक तथा खगोलविद्हरु सूर्य चन्द्र तथा पृथ्वीको सहीदूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् भने हाम्रा साना नानीवाबुहरुका लागि भने विज्ञानमा रुची पैदा गराउन यस्ता घटनाहरु उपयोगी हुने गर्दछन् ।
सूर्य ग्रहण यसरी हेरौं

सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ । चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन । सूर्य ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरेर मात्र ग्रहण हेर्नुपर्दछ । यसो गर्दा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी सुद्द हुने गर्दछन् । तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् । ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।

प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।