विश्वव्यापी रूपमा,‘अत्यावश्यक सेवाहरू’ ठानिने कामदारहरूले कोरोनाभाइरस महामारीलाई नजीक राख्न र हामी सबैलाई यस बीचमा निरन्तरता दिन अथक प्रयास गरिरहेका छन ।
यी नर्सहरू, औधषी व्यवसायीहरु किराना क्लर्कहरू, ट्रक ड्राइभरहरू र शिक्षकहरूको पछाडी हामी रहेकाले सामाजिक दुरीमा रहनु आवश्यक छ ।
र के अनुमान लगाउनुहोस् फ्रान्समा अन्न भण्डार गर्ने वा संयुक्त राज्य अमेरिकामा नगद दर्ता गर्ने काम किराना पसलमा आठ आठ घण्टाको पालो कसरेर सेवा दिनुले कोरोनाभाइरसले संसारलाई चकित पार्नु भन्दा पहिले यो रमाइलो अनुभव अवश्य थिएन । यि अत्यावश्य सेवामा आवश्यक कामदारहरू खटिरहेका छन् ।
प्रश्न यो छ, के यो विश्वव्यापी स्वास्थ्य आपतकालिनले हाम्रो विश्वव्यापी अर्थतन्त्रलाई परिवर्तनको आवश्यकतामा जगाउने छ ? जसलाई धेरै यथार्थताले अगाडि बढाइरहेको छ । वा, हामी केवल अत्यावश्यक सेवाहरूमा कामदारहरूलाई चिन्न सक्नेछौं । जब हामी उनीहरूलाई स्टोरमा देख्छौं, (जहाँ तपाईं अझै स्टोरहरूमा किनमेल गर्न सक्नुहुनेछ) वा क्लिनिक, वा फेसबुकमा ‘धन्यबाद’ पोष्ट गरिरहेका छौं । तर भोली उनीहरुको योगदान हामी भुल्ने छौं ।
आवश्यक सेवाहरूको परिभाषा देश अनुसार फरक हुन्छ तर सामान्यतया उही व्यवसायले पहिचान बनाउने छ । उदाहरणका लागि, जब क्यालिफोर्नियाले आफ्नो ‘आश्रय ठाउँमा’ आदेश स्थापना ग¥यो । राज्यका बासिन्दाहरूलाई सम्भव भए घरमै बस्न र सार्वजनिक जमघट गर्नबाट रोक्न आह्वान गरेको छ । यसले अमेरिकी संघीय सरकारले ‘महत्वपूर्ण पूर्वाधार’ ठान्ने कुरामा स्पष्ट रूपमा व्यवसायी क्षेत्रमा केही बोल्न सकेको छैन ।
विश्वको राज्यले घरमै बस्नु भनेर उर्दी जारी गरे पनिे कृषि, स्वास्थ्य सेवा, पानी र फोहोर व्यवस्थापन, शिक्षा र सार्वजनिक सुरक्षामा काम गर्ने व्यक्तिहरूलाई प्रभाव परेको छैन । विशेष व्यवसायहरू जस्तै पुलिस अफिसरहरू, दमकलकर्मीहरू, पहिलो प्रतिक्रियाकर्ताहरू, इन्टरनेट प्रदायक र पत्रकारहरू घर भित्रैबस्न पाएका छैनन् ।
हामी कृषिबाट सुरु गरौं । हामी धेरै जना घरमा बसिरहेका छौं र हाम्रा छिमेकीहरूदेखि सुरक्षित दूरी बनाइरहेका छौं । यति बेला खाद्यान्न उत्पादनमा के भइरहेको छ त ? क्यालिफोर्नियामा मोन्टेरे काउन्टी विशेष रूपमा ( खेत मजदुरहरूलाई बताइएको छ कि तिनीहरू आश्रयस्थलको क्रमबाट छुट पाइएको छ । आशा गरिन्छ कि उनीहरू यस क्षेत्रमा काम गरिरहन्छन् ।
यसको मतलव त्यहाँ खेतालाहरूको लागि कुनै सामाजिक दूरी छैन । आफ्नो घरको सुरक्षाबाट क्यालिफोर्नियामा सलाद खाने व्यक्तिहरूका लागि जो स्वास्थ्यको जोखिम मोलेर खेतमा काम गरिरहेको छ । उनीहरुको सुरक्षा समस्या छ ।
सन्देश स्पष्ट छ की यदि तपाईं क्यालिफोर्नियाको खेतहरूमा काम गर्दै हुनुहुन्छ, जहाँ अमेरिकाका प्रायः फलफूल र तरकारीहरू उत्पन्न हुन्छन । दैनिक हजारौ भाइरसले प्रभावित भए पनि उनीहरु दैनिक काम गरिरहेका हुन्छन् । उनीहरुमा सामाजिक दुरी कायम छैन् ।
अर्को समस्यालाई झनै नराम्रो छ की ३ मिलियन मानिसमा ५० प्रतिशतदेखि ७५ प्रतिशत मानिसहरु यस क्षेत्रमा काम गर्छन । जो उनीहरु आप्रावासी पनि हुन । उनीहरूको श्रम पनि राम्रोसँग भुक्तान गरिएको छैन । एक वर्षमा औसत १५ हजार डलरदेखि १८ हजार अमेरिकी डर तलवका साथ उनीहरु श्रम गरिहेका छन् ।
फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले खाद्यान्न उद्योगमा काम गर्नेहरू, किराना स्टोरमा काम गर्नेलाई सहयोग आवश्यक रहेको घोषणा गरे । यसका लागि फ्रान्सेली जनता विश्वस्त हुन सक्छन् कि तिनीहरू बाहिर गएर काम गर्दा आवश्यक सामान लिन जादा कोरोनाबाट सुरक्षित हुने छन् । के यी मजदुरहरूलाई कोरोनाभाइस फ्रान्स आउनु अघि सरकारले यस्तै किसिमले सराहना गरेको थियो त ? वास्तवमा हैन, म्याक्रोनले श्रम सुधारको संगठित गर्यो जसले सुपरमार्केट चेन, क्यारफोर जस्ता प्रमुख स्टोरहरूले केही वर्ष पहिले मात्र हजारौं मानिसलाई छुट दिएका थिए ।
राष्ट्रपतिले कम्पनीहरूलाई कामदारहरूलाई बर्खास्त गर्ने र अनुचित बर्खास्त भएको अवस्थामा भुक्तानी तय गर्ने अधिकार दिएका छन् । यसले गर्दा ती मजदुर बेरोजगारमात्र होइन असुरक्षित पनि हुने छन् ।
बेलायतमा पनि यस्तै अवस्था छ । त्यहाँ, यो ‘मुख्य उद्योगहरू’ मा कामदारहरूले अर्थव्यवस्था मजबुद राख्दैआएका छन् । खास गरी स्वास्थ्य सेवालाई हेर्दा, सरकारको १० वर्षको कठोर तपस्याको नतिजाको परिणामस्वरूप राष्ट्रिय स्वास्थ्य सेवालाई चकनाचूर पारिरहेको अवस्था छ । हजारौं अप्रत्याशित बिरामीहरूलाई लिन कोरोनाभाइरसको प्रकोपले बाध्य पारेको छ । यस्तो अवस्थामा मजदुर सुरक्षित हुने छैनन् ।
बेलायतमा, स्वास्थ्य सेवामा काम गर्ने १३ प्रतिशत भन्दा बढी व्यक्तिहरू विदेशी नागरिकहरू छन् । चोटपटकमा अपमान थप्नका लागिे देशको प्रधानमन्त्रीको जातीय टिप्पणी सहनुपरेको छ । उनीहरुले कालो छाला, विदेशी, जन्मेका, कामकाजी जनताको विल्ला पाएका छन् ।
यी धेरै देशहरूमा, यो अस्पष्ट छैन कि यदि आवश्यक कामदारहरूले हामी बाँकी जस्तै घरमा बस्ने निर्णय गरे भने यो संकटको लामो अवस्थाले चरम समस्या निम्ताउने छ । यदि इतिहास कुनै पथ प्रर्दशक हो भने यसले संकेत गर्दछ कि आवश्यक कामदारहरूको शोषण लगभग अन्त्य बिना नै चल्दछ ।
ब्रेसेरोसलाई याद गर्नुहोस्, मेक्सिकन मूलका खेतालाहरू जसले संयुक्त राज्यमा श्रम गर्न दोस्रो विश्वयुद्धको बेला भर्ती भए । यो कार्यक्रम सुरुमा आपतकालीन उपायको रूपमा निर्माण गरिएको थियो । जुन सन् १९४२ मा शुरू भएको थियो । युद्धको समयमा अमेरिकी जनतालाई खानाको आपूर्ति सुनिश्चित गर्नका लागि मजदुरहरूको आगमनभन्दा पहिले ज्याला निर्धारण गरिएको थियो । उनीहरूको बासस्थान र मजदुर शर्तहरू जस्तै उनीहरूको प्रतिनिधित्व नभएको र आवाज गुनासो गर्ने कुनै तरिका नभएको कुराको सुनिश्चित गरिएको थियो ।
यस कारणले गर्दा, दुबै वर्तमान अवस्था र हाम्रो इतिहासलाई ध्यानमा राख्दै, हामीले यस पछिल्लो संकटलाई अवसरको रूपमा बनाउनु पर्दछ । सबैका लागि बाँच्न मजदूरी, आप्रावासी कामदारहरूको लागि पूर्ण नागरिकता, स्वास्थ्य सेवा जस्ता व्यापक र पूर्ण वित्त पोषित सामाजिक सेवाहरूलगायतका प्रगतिशील नीतिहरू बनाउनु जरुरी छ । हाम्रो विश्वव्यापी अर्थतन्त्रको पाठ्यक्रम पनि परिवर्तनको माग गर्न यो निश्चित क्षण हो ।
अवका दिनमा दवाव निकै उच्च हुने छ, की यदि कामदारहरू बिरामी पर्छन वा अत्यधिक दबाब अन्तर्गत काम गरिसकेपछि, तिनीहरू सजिलैसित बस्न सक्दैननन, वा अस्पताल, किराना स्टोर र खेतहरूमा अस्वास्थ्य हुँदै जान्छन अनि उनीहरुबाट विरोध शुरु हुन्छ । परिर्वतनको माग उठ्छ ।
हामी हाम्रो सामाजिक दूरीबाट हामीले गर्न सक्ने सबै कार्यहरू गर्न सक्दछौं । तर खाना बिना, हामी हाम्रो जीवन लामो छ भन्ने देख्ने छैनौ ।
(एन्थोनी पहन्के(अलजजिरा), उनी स्यान फ्रान्सिस्को स्टेट यूनिभरसिटीका अन्तर्राष्ट्रिय सम्बन्धमामिला सहायक प्राध्यापक हुन ।)