माओवादीहरु के खाएर यतिधेरै कुरा जान्दछन् हौ ? वहाँ गलल्लल हाँस्नुभयो ।
एकछिन मेरा मुखमा हेर्नुभयो र भन्नुभयो ‘ नखाएर ।’ मैले बुझिनँ । धेरै खाँदा बुद्धि हराउँछ भन्थे त्यस्तै हो ? वहाँ फेरि हाँस्नुभो । सङ्कटपूर्ण यात्राको यात्री बन्नुभएको वहाँको अनुहारको उल्लास देखेर मेरो अनुहारमा पनि चमक आयो ।
‘भोको पेटले मानिसलाई धेरै कुरा सिकाउँछ । तपाईं पनि एकदिन भोको बसेर हेर्नुहोस् ।’
साँच्चै कमरेड बताउनुहोस् न ।
जीवनमा पहिलो पटक कसैलाई मैले कमरेड भनेर सम्बोधन गर्दैथिएँ । तर, कमरेडको अर्थ थाहा थिए ।
‘भोको पेटले मानिसलाई धेरै कुरा सिकाउँछ । तपाईं पनि एकदिन भोको बसेर हेर्नुहोस् ।’
लड्न आँटेको एक तले काठे घरको एउटा खाँबोमा बाँधेको बाख्रालाई सुम्सुम्याउँदै गरेकी फुस्रा अनुहारकी एक वृद्धातिर फर्केर खल्तीबाट ५० रुपैयाँ निकाल्दै ‘तपाईंलाई भोक लाग्यो होला आमा ३ वटा चाउचाउ र एक पावा चिनी लिएर आउनू, म चिया र चाउचाउ पकाउँछु’ भनेपछि वृद्धा दोकानतिर लागिन् ।
कमरेड रेविकाले एकछिन ती वृद्धातिर फर्कंदै भन्नुभयो, ‘वहाँ सहिदको आमा हो । श्रीमान् बितिसक्नु भएको छ । अहिले वहाँ एक्लै हो । दलित हो । खेती छैन । अहिलेसम्म त खेतालो गएर दुईछाक टार्नुभएको छ । हिजो म पनि वहासँग खेतालो गएको थिए ।
दुई जनाले १ सय ४० रुपैयाँ कमायौं । त्यति भए दई जनालाई २–४ छाक टार्छ । अघि दिएको पैसा हामीलाई पार्टीले महिनामा ५ सय रुपैयाँ दिन्छ । ब्रस, टुथपेष्ट, साबुन आदि किन्न । हामी खेतालो र पर्म गरेर २–४ सय कमाउँछौ ं।
३ दिनपछि चिसोले कठाङ्ग्रिएको बासीभातमा घिउको डल्लो भेटेपछि अब त खाइने भयो भनेर गाँस मात्रै के टिपेको थिएँ । थालमा गालीका छर्राहरु बर्सन थाले
भोक लागेको बेला खाजा–नास्ता हुन्छ ।’
माओवादी खेतालो जान्छन् ? पार्टीले महिनाको ५ सय दिन्छ ? जसबाट पूरै महिनाको खर्च धान्नुपर्छ ? मलाई अनौठो लाग्यो ।
‘कतिपय ठाउँहरुमा पैसा दिएर जनता हामीलाई काम लगाउन सक्दैनन् । त्यस्तोमा खाजा र खाना दिनुहुन्छ । कुनै ठाउँमा त जनतालाई हामीले खुवाउनु पर्ने अवस्था आउँछ’ वहाँ भन्दै हुनुहुन्थो, ‘यस्तो पनि भोगेको छु कि धनकुटामा ३ दिन पानी खाएर बाँचेको छु ।
३ दिनपछि चिसोले कठाङ्ग्रिएको बासीभातमा घिउको डल्लो भेटेपछि अब त खाइने भयो भनेर गाँस मात्रै के टिपेको थिएँ । थालमा गालीका छर्राहरु बर्सन थाले नजिकैको जङ्गलतिर दगुरियो । जङ्गलको छेउमा दह रहेछ ।
गाईगोरुले पानी खाँदा अलि दलदल बनाको रहेछ, एकरात त्यही दलदलमा बिताइयो । त्यसपछि ५ दिन नखाँदा पनि भोक लाग्दैन ।’
वहाँले एकोहोरो सङ्घर्षका गाथाहरु सुनाउँदै जानुभयो ।
जनसेनाको स्कटिङ गर्नु, कार्यकर्ता बनाउनु, सुराकी गर्नु, जनचेतना जगाउनु, दुश्मनको छातीमा गोली दाग्नुदेखि लिएर जनताका खेतबारीमा कोदालो खन्नु सबै गर्नुपर्छ । दुई पटक सुराकी लागेर झण्डै सिध्याएनन् । भरिया बनेर बाँचे । जाँतेमा नेतृत्वलाई स्कटिङ गर्दा मेरो नेतृत्वका कार्यकर्ता भाइबहिनीको ज्यान जोगाउन निक्कै मुस्किल परेको थियो अस्तिको दिन ।
शाहीसेनाले चारैतिरबाट घेरा हालेको रहेछ, म घेराबाट उम्किएको थिएँ तर, मेरा अण्डरका १० जनाभन्दा बढी भाइबहिनीलाई म पुनः घेराभित्र पसेर नभगाएको भए भने मार्थे ।
यसले बचायो, ‘पेटमा रहेको बच्चा देखाउँदै भन्नुभयो । गर्भवती देखेर माओवादी होइनहोला भन्दै झुक्कियो ।’
वृद्धा आमाले ल्याएको चाउचाउ र चिया खाएपछि म फर्किएँ । त्यसपछि वहाँसँग भेट भइरहन्थ्यो । केही राजनीतिक र केही निजी कुरा भइरहन्थे । यसबीचमा मैले वहाँले छुपाउनुभएका धेरै व्यक्तिगत कुराहरु थाहा पाएँ । जस्तो कि पहिलोपटक पार्टीभित्र गराइएको पुनर्मिलन त्यो वहाँको चाहना थिएन भन्ने ।
उत्तरी मोरङको चुरे पहाड हुँदै धनकुटाका लागि गोलीगठ्ठा ओसार्न जिम्मा लगाइएको वहाँलाई बुधुकको हमेलामा पार्टीले श्रीमान्को जिम्मा लगाउने सम्झौता भएको जानकारी गराउने प्लाटुन कमाण्डर र सिङ्गो कमिटीको दबावले गराइएको रहेछ पुनर्मिलन ।
नवजात शिशुसहित क्रान्ति मैदानमा । सन्तानलाई दूध खुवाउँदै सङ्गठन विस्तार र आगामी भूमिकाका बारेमा आफू मातहतका कार्यकर्ताहरुलाई योजना बताउँदै गरेकी कमरेड आमा ।
पछिल्लो पटक वहाँलाई भेट्न जाँदा केचना झर्नुभएको रहेछ । डेलिभरीको समय भएको थियो । यसबीचमा मलाई एक पटक फोन गर्नुभएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘पार्टीले डेलिभरीका लागि आफन्त वा चिनेजानेकोमा गएर बस्नू भनेको छ ।
जोखिम यति धेरै छ कि कोही आएर बस भन्नेवाला छैनन् । निकै ठूलो समस्यामा परेँ । नेतृत्व र सरकारको वार्ता असफल भएको र शान्ति सम्झौता उल्लङ्घन हुन थालेकोले मुठभेडका खबरहरु आउन सुरू भएका थिए । मसँग कुनै उपाय थिएन ।’
पछि थाहा भयो एक कार्यकर्ताको घरमा जानुभएछ । गएको १९ दिनमा बच्चा पनि भएछ, छोरी । त्यसपछि मैले वहाँलाई पुनः पानबारीमा भेट नवजात शिशुसहित क्रान्ति मैदानमा । सन्तानलाई दूध खुवाउँदै सङ्गठन विस्तार र आगामी भूमिकाका बारेमा आफू मातहतका कार्यकर्ताहरुलाई योजना बताउँदै गरेकी कमरेड आमा । वहाँको त्यो रुप देखेर म नतमस्तक भएँ । मैले भालेको सुप लगेर दिएँ । पिउँदै वहाले भन्नुभयो, ‘लड््न अरु प्रेरणा जाग्यो ।
मासु खाउँ लागेर बच्चा जन्मेको ६ दिनमा माछा मार्न पनि गइयो । यो ज्यान निक्कै दह्रो छ ।’ अप्रेसनको खत स्पष्ट देखिन्थो ।
नवजात शिशुसहित जनताको घरमा बसेर काम गर्न निक्कै गाह्रो थियो । वहाँ सुरक्षित ठाउँ खोज्दै हुनुहुन्थ्यो । केही दिनपछि इटहरी जानुभएको थाहा पाएँ । कमरेड दीपकको श्रीमती पनि सुत्केरी हुनुहुँदो रहेछ । पार्टीले वहाँलाई इटहरीमा राखेको छ । इटहरी चोकबाट करिब १५ घर पश्चिम ।
बच्चा भएपछि कमरेड रेविकाको र मेरो भेट तेस्रो पटक त्यहीँ भयो । कमरेड दीपककी श्रीमतीले पाउनुभएको सुविधा देखेर म छक्क परेँ । ३ वटा दराज, आरामदायी डबलबेड पलङ, सिरक–डस्ना, बेडरुममा टेलिफोन सेवा, अनि फोनको भरमा डाक्टरको परामर्शदेखि पौष्टिक खाद्यान्नको मेन्यु ।
सुरक्षाका र सेवाका लागि पार्टीका कार्यकर्ता सक्रिय । त्यही एक कुनाको कमरेड रेविकाको विस्तार । कमरेड रेविकाले बताउनुभएको कम्युनिष्टवाद र त्यहाँ देखिएको दृश्य मेरा लागि आकास र पाताल फरक थियो ।
केहीछिनको भलाकुसारी गरेपछि फर्केकासँग वहाँको भेटघाट पुनः पानबारीमा भयो । मैले वहाँलाई सोधेँ, ‘त्यहाँ त सम्पूर्ण सुविधा रहेछ किन त्यहाँ नबस्नुभएको ?’ जवाफमा हाँस्दै भन्नुभयो, ‘तपाईंलाई पनि मन प¥यो त्यो ठाउँ ? मेरो बच्चाको पिसाब साह्रै गन्हायो । चारैतिर बन्द सुकाउने र ठाउँ नै पाइएन ।’
मुखियाका छोरा वाईसीएलका इञ्चार्ज रहेछन् । सशस्त्र द्वन्द्वमा माओवादीले लखेटेकाहरु कार्यकर्ताहरुलाई सहजीकरण गर्दै थिए ।
०६२–६३ को जनआन्दोलन सुरू भयो । १९ दिनपछि राजा ज्ञानेन्द्रले गद्दी त्याग गरे । २०६३ साल वैशाख ११ गते संसद् पुनस्र्थापना भयो । त्यसपछि गाउँका युवाहरुलाई सङ्गठित गरी वाईसीएल गठन भइरहेका थिए । वाईसीएलले गाउँका चोर, जँड्याहा, गँजडीयादेखि लिएर मुखियाहरुलाई पनि एकपछि अर्को गर्दै भाटे कारबाही गरिरहेका थिए । यही समय गाउँका मुखिया र सहमुखियाका घरमा माओवादीका कार्यकर्ताहरुको आवत–जावत बाक्लिरहेको थियो ।
पार्टीमा नयाँ– नयाँ अनुहारले पुरानालाई प्रतिस्थापित गरेको देखिन्थ्यो । गर्भवती र बच्चासहितका महिला कमरेडहरुको जिम्मेवारी कम गर्दै लगेको थियो । यसैबीच विराटनगरमा कमरेड प्रचण्ड र कमरेड डा. बाबुराम भट्टराई आउने हुनुभयो ।
कमरेड रेविकाले मलाई पनि जान आग्रह गर्नुभयो । पानबारीबाट कार्यक्रमका लागि बस जाने भएपछि हामी बस छुट्ने ठाउँमा पुग्यौं । त्यहाँ सहमुखीलाई पार्टीको दलित मोर्चा सम्हालिरहेको पाएँ ।
मुखिया कार्यक्रमका लागि मान्छे भेला पार्दै गरेको बाटोमा भेटेको थिएँ । मुखियाका छोरा वाईसीएलका इञ्चार्ज रहेछन् । सशस्त्र द्वन्द्वमा माओवादीले लखेटेकाहरु कार्यकर्ताहरुलाई सहजीकरण गर्दै थिए । ४ वर्ष सशस्त्र सङ्घर्ष गर्नुभएको कमरेड रेविकालाई नवप्रवेशीहरुले इकाइ कमिटी सदस्य पनि नभएको जस्तो व्यवहार गरिरहेका थिए । ५ महिनाको नाबालक लिएर विराटनगर पुग्नुभएको वहाँ त्यो भीडमा कहाँ हराउनुभयो पत्तै पाइनँ ।
नाबालक छोरीसहित हिरासत बस्नुभयो ।
नवप्रवेशीले वितरण गरेको पानी वहाँका लागि पुगेन । सायद चिनेन । कार्यक्रमबाट हामी सार्वजनिक बस चढेर फर्कियौं ।
त्यसपछि देशमा विभिन्न राजनैतिक गतिविधिहरु हुँदै गए । तर, कमरेड रेविकाको राजनैतिक सक्रियता लोप हुँदै गएको थियो । पुनः श्रीमान्सँग बेमेलका मिलापात्रहरु हुन थालेका थिए । भूमिकाविहीन भएपछि गाउँ फर्केर घर गृहस्थी बसाउने भन्दै फर्कनुभयो ।
तर, कसरी सहने श्रीमान्को कुटपिट करिब ६ महिनासम्म श्रीमान्कै घरमा बसेर गृहस्थी बसाउने सोच्नुभएको वहाँ पुनः माइत फर्कनुभयो । स्थानीय पार्टी कमिटीमा दुःख बिसाउनुभयो । तर, उल्टो मिलापत्र हुन्थ्यो । त्रुटि देखाइन्थो ।
प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणाहरु ग¥यो । पहिलो संविधानसभाको चुनाव भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । यस दौरानमा वहाँको करिब १० पटकभन्दा बढी मिलापत्र भए ।
नाबालक छोरीसहित हिरासत बस्नुभयो । गाउँका टोले नाइके आएर परिवारलाई नै पिटे । यो क्रम चली नै रह्यो । ठेला र डोकोमा टमाटर, साग बेच्ने, गिट्टी कुटेर पेट पाल्दै आउनुभएको वहाँकी छोरी हुर्कंदै गएसँगै आवश्यकताहरु बढ्दै गए ।
५ वर्ष युद्ध लडेर ल्याएको समानताले दिएको त्यो अवसरको सदुपयोग गर्दै वहाँ पनि साउदी हानिनुभयो ।
सशस्त्र द्वन्द्वअघि महिला र पुरुषको लैङ्गिक विभेदले कमै मात्र महिलाहरु वैदेशिक रोजगारीमा जाने गरेकोमा द्वन्द्वपछि केही बढ्यो । ५ वर्ष युद्ध लडेर ल्याएको समानताले दिएको त्यो अवसरको सदुपयोग गर्दै वहाँ पनि साउदी हानिनुभयो ।
एक दिन नचिनेको नम्बरबाट फोन आयो ।
‘हेलो को बोल्नुभयो ?’ अरुबेला नचिनेका नम्बरबाट जसरी फोन आउँदा प्रश्न गरिन्छ, त्यसरी नै प्रश्न गरेँ ।
‘डम्बर हैन ? डम्बर हैन ?’ मलिन आवाजमा एक स्त्रीको आवाज सुनेँ ।
‘हो हजुर, कसलाई खोज्नुभएको ? आवाज यति मलिन र मधुरो थियो कि मैले ठम्याउनै सकिनँ ।
‘म क्या म, रेविका ।’ माओवादीमा प्रवेश गरेसँगै सशक्त आवज निकालेर बोल्ने कमरेड रेविकाको स्वर परिवर्तन भएछ । उही देवीको जस्तो । मलिन मलिन । म सोचमग्न भएँ ।
‘ओहो कमरेड, कसरी सम्झनुभयो, यतिका दिनपछि ? साउदी जानुभएको छ भन्ने सुनेको थिएँ । के छ खबर ? वहाँको आवाज अवरुद्ध भएजस्तो भान भयो । मैले यति मात्र बुझेँ, ‘ धेरै दुःख छ । यो सहनु सबैको वशको बात हैन । म यो नर्कबाट उन्मुक्ति चाहन्छु । अब विदेश भनेर आउँदिनँ ।’
वहाँ भक्कानिनुभयो । ‘हामी यहाँ कुटिन्छौं , पिटिन्छौं । आफैले आफैलाई बेचेर आएका रहेछौं । हामी र पशुमा केही विभेद छैन । हाम्रा लागि यहाँ कोही छैन । अब ६ महिना छ मैले यो नर्कबाट उन्मुक्ति पाउन । ठेला चलाएर खान्छु ।
वहाँको सङ्घर्षको अन्त्य कहाँ ? कुन व्यवस्थाले वहाँलाई न्याय दिन्छ ? कसले रोजगार देला ? कसले छाना देला ?’ केहीक्षणको दुःख–सुखका कुरापछि फोन काटियो ।
गिट्टी कुटेर गुजारा गर्छु तर, फर्कन्न ।’ म भावविह्वल भएँ । आफैमा प्रश्न उब्जियो । ‘वहाँको सङ्घर्षको अन्त्य कहाँ ? कुन व्यवस्थाले वहाँलाई न्याय दिन्छ ? कसले रोजगार देला ? कसले छाना देला ?’ केहीक्षणको दुःख–सुखका कुरापछि फोन काटियो । त्यसपछि अर्को फोन आएन ।
करिब डेढ वर्षपछि वहाँको र मेरो भेट भयो । एक एनजीओले ठेला दिएको रहेछ । त्यही ठेलामा चट्पटे र चाउमिन बेच्नुहुँदोरहेछ । बाटामा हिँडिरहेको म आफ्नै धुनमा मग्न थिएँ ।
‘डम्बर हैन’ अस्वभाविक आवाज आयो । म फर्किएँ । दुब्लो शरीर ख्याउटो अनुहार । ठेलामाथि सानी बालिका राखेर आलु ताछ्दै गरेकी एउटी महिला ठम्याउन निक्कै गाह्रो भयो ।
मेरो जिज्ञासु हेराइ देखेर उनी बोलिन्, ‘म रेविका ।’ आफूलाई हीनताबोध भयो । मनमनै भनेँ, मैले पनि बिर्सन थालेंछु । धिक्कार छ मलाई ।
‘ओहो १ कहिले फर्कनुभयो ?’ म प्रश्न गर्दै वहाँको ठेलातिर दौडिएँ ।
वहाँले भन्नुभयो, ‘भयो डेढ वर्ष ।’
‘के गर्दै हुनुहुन्छ त ? भान्जी कत्री भइन् ?’ मैले प्रश्न वर्षाउन थालें ।
‘उत्तर तपाईंकै अगाडि छ ।’ ठेलामाथि सुतिरहेकी बालिकातर्फ इसारा गर्दै भन्नुभयो ।
‘ए ठूली भइछिन्’– मैले भने ।
भुजा भाँडोमा खन्याउँदै हाँस्दै भन्नुभयो, ‘रोगी र दुब्ली भई हुर्काउनै गाह्रो । चट्पटे बेचेर पढाउन नसक्ने भएँ । जागिर खोजिदिनु प¥यो ।’
एकछिन अकमक्किएँ । विगतको याद दिलाउन इच्छा भएन । जवाफ दिनै थियो । ‘ठीकै छ त कमरेड जहाँ पनि सङ्घर्ष नै गर्नुपर्ने हो ।’
राजतन्त्र, लोकतन्त्र, गणतन्त्र गरी तीनवटा व्यवस्था बदलिए । १० बढी सरकार बदलिए तर, एक निम्नवर्गको श्रीमान् श्रीमतीको विवाद टुङ्गो लागेको रहेनछ
चट्पटे हातमा थमाउँदै भन्नुभयो, ‘मेरो मा त यस्तै छ ।’
मैले सहज रुपमा ग्रहण गर्दै भनें, ‘ तपाईं हुनुहुन्छ र पो यो छ त । श्रीमान् कता हुनुहुन्छ ?’
‘कुरै नगर्नुहोस् । डिभोर्स त पहिल्यै भएको हो । अहिले अदालत धाउँदै छु । म विदेश हुँदाँ घरमा बबण्डर मच्चाएछ । टोले गुण्डा ल्याएर बाबुआमा र भाइलाई कुटाएछ । नाबालक छोरीलाई त उतिखेरै जेल हालिरथ्यो ।’
राजतन्त्र, लोकतन्त्र, गणतन्त्र गरी तीनवटा व्यवस्था बदलिए । १० बढी सरकार बदलिए तर, एक निम्नवर्गको श्रीमान् श्रीमतीको विवाद टुङ्गो लागेको रहेनछ ।
केही छिनको भलाकुसारीपछि म आफ्नो बाटो लागेँ । पछि खबर पाएँ वहाँ कुबेत जानुभयो रे । ‘छोरी पढाउन, हुर्काउन, भविष्य दिन ।’
कुबेत जानुभएकी रेविकासँग मेरो फर्किने बेलामा कुरा भएको थियो, ‘अब फर्केपछि विदेश लाग्दिनँ । खेती किसानी गर्छु । गाई, भैंसी पाल्छु । खाजाघर खोल्छु । यस्तै योजनाहरु सुनाउँदै हुनुहुन्थो ।
फर्कनुभएको खबर पनि सुनेँ । फेरि भिसा खोज्दै गर्दा भेट भयो । इटहरीमा मेनपावर चहार्दै हुनुहुँदोरहेछ । चोकबाट धरानतिर लाग्दै गरेको मैले इटहरीको एक मेनपावरबाट ओर्लिंदै गरेको देखेँ ।
‘रेविका कमरेड’ दुब्लो शरीर र ख्याउटो अनुहार दायाँ–बायाँ फर्कनुभयो ।
‘यहाँ, यता’ मैले इसारा गर्दै भनेँ ।
‘ए, डम्बरजी । कता हिँड्नुभएको ?’
‘विराटनगरबाट आएको धरान जाँदै छु । तपाईं कता नि ?’ मैले उत्तर दिँदै वहाँलाई सोधेँ ।
‘ए म उड्न पखेटा खोज्दै छु । हेर्नु न भेटिएकै छैन । छोरीको स्कुल फी ८० हजार नाघिसक्यो, कैले उडेर कमाएर तिर्नुपर्ने हो । स्कुलले निकाल्देला भन्ने सानो डर छैन ।’ सङ्घर्ष गरेर नथाक्ने वहाँ चुनौतीमा हाँसेको देख्दा निकै खुसी लाग्यो ।
हामी दुवैजना बस चढेर धरानतर्फ फर्कियौं । त्यसपछि पछिल्ला समयभन्दा अलि बढी भेटघाट र बोलचाल बाक्लिन थाल्यो । करिब १ हप्तापछि पुनः कुवेतमा घरेलु कामदारका लागि भिसा लागेको बताउनुभयो ।
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘अलि अगाडि काठमाडौं जानु छ । यहाँ ऋण गरेर छोरीको स्कुल फी पनि बुझाउनु छ ।’
करिब १ महिनाको काठमाडौं बसाइपछि वहाँ कुवेत जानुभयो । फोन तथा सामाजिक सञ्जालमा कुरा हुने हाम्रो केही समय बन्द भयो । लगभग १५–२० महिनापछि इमोमा भ्वाइस म्यासेज आएको रहेछ ।
त्यहाँ भनिएको थियो, ‘नेपालमा आफू बाँचेर छोरीलाई पढाउन मात्रै सक्ने खाले वातावरण बनेको भए यतिविधि दुःख सहनु पर्ने थिएन । ३ वटा घर फेरिसकेँ, जहाँ गए पनि उस्तै सास्ती, अहिले १५ दिन भयो काम नगरी बसेको । काममा गयो ।
आफैले ल्याएको व्यवस्थाले मलाई छोरीको नागरिकता कसरी दिलाउला ? मैले त्यसका लागि कहाँ मिलापत्र गर्नुपर्ने हो ?
अन्तिम पटकको घरले पैसा दिन सकेन, त्योभन्दा अघिल्लोले बोलीपिच्छे हातपात गर्ने । त्योभन्दा अघिल्लो उस्तै । अब कस्तो पर्ने हो ?’
मैले नआत्तिन भन्दै सान्त्वना दिँदै म्यासेज गरेँ । पुनः २ दिनपछि रिप्लाई आयो, ‘सरी है । ढिलो म्यासेज रिप्लाई गरेकोमा पैसा सकिएर साथीसँग सापटी मागेर रिचार्ज गरेको । खै, नेपाल गए कपालसँगै, वर्मा गए कर्मसँगै भन्थे, त्यस्तै रहेछ । एउटा घर फेला प¥यो त्यहाँ जाने भएँ ।
पक्का भयो ६ महिना साउदी र ६ महिना कुवेत बस्छ अरे । साउदी जाँदा पनि जानुपर्ने अरे । भोलि जाने कुरा छ ।’
मैले रिप्लाई गरेँ, ‘ठीकै होला नि त ।’
‘खै खै’ वहाँको जवाफ आयो ।
आजकाल वहाँ साउदी र कुवेतको चक्कर लाउँदै हुनुहुन्छ । श्रीमान्सँग सम्बन्धविच्छेद भएको छ । वहाँ जनआन्दोलनमा हिँड्ने र वहाँले बनाएका कार्यकर्ता मात्र होइन, जनयुद्धमा सामन्तीको परिभाषा दिइएकाहरु कम्युनिष्ट राजनीतिका चम्किला तारा बनेका छन् । वहाँका मिलापत्र गराउनेहरु मात्र होइन, घर घेरा हाल्नेहरु जनप्रतिनिधि भएका छन् ।
यतिबेला वहाँलाई न शान्ति थाहा छ, न त सत्ता नै थाहा छ । न महिला हिंसा, न त छुत अछुत । न सम्मान, न बराबर । जेनतेन जनयुद्धले दिएको उपहार ‘छोरी’ लाई पढाइरहनुभएको छ । चिन्ता
मात्र यति छ कि आफैले ल्याएको व्यवस्थाले मलाई छोरीको नागरिकता कसरी दिलाउला ? मैले त्यसका लागि कहाँ मिलापत्र गर्नुपर्ने हो ?
कमरेड रेविका साउदीबाट आजकाल यही सोधिरहनुहुन्छ ।
समाप्त